धरान  / फरक क्षमता भएका बालबालिकाहरु अध्ययनरत पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई एक सय स्थान कुर्सी हस्तान्तरण गरिएको छ । 

धरान उपमहानगरपालिका वडा नंं. १५ र समाजसेवी लक्ष्मी बाँनियाले एक सय थान कुर्सी उपलब्द गराउनु भएको हो । वडाध्यक्ष नरेसकुमार इवाराम र बाँनियाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमणी निरौला र प्रध्यानाध्यपाक प्रमोद भण्डारीलाई शनिवार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गर्नु भएको हो । 

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरौलाले वडाध्यक्ष इवाराम र बाँनियाले विद्यालयको उन्नती प्रगतिका लागि ठूलो सहयोग रहेको बताउनु भयो । पूर्व प्रतिनीधि सभा सदस्य तथा नेकपा एमालेका नेता जयकुमार राईकोउपस्थितिमा भएको हस्तान्तरण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य भीमज्वाला राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सचिव देवेन्द्र कार्की, वडाध्यक्ष बादल भट्टराई, सम्शेर बर्देवा, मजदुर नेता कमल भट्टराई, गायक प्रकाश पौडेल, प्रेस चौतारी नेपाल सुसनरीका उपाध्यक्ष विकास राईलगायतको उपस्थिति रहेको थियो ।

विभिन्न दाताहरुकाे सहयाेगमा दृष्टिविहीन ७३ जना बालबालबालिकाहरु यस विद्यालयमाअध्ययन गर्दै आएका छन् ।  

laxmi