धरान । पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले आजदेखि सुनसरीको धरानमा  राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । 

पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार आज धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको वताउनु भएको छ  । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो ।

आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईकाे सयाेजकत्वमा  समिति बनाएकाे छ । अध्यक्ष एभेङले भन्नु भयो,‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरानमा एमाले पार्टीले राहत संकलन अभियान शुरु गरेको हो, वजार एरियामा संकलन अभियानको सुचनाका लागि औपचारिक शुरु गरिएको हो, अव भने पार्टीको वडा कमिटी र जन वर्गीय संगठन तथा नेता कार्यकर्ताहरु मिलेर यो राहत संकलन अभियान सञ्चालन हुने छ ।’

bhim jwala

भूकम्प पीडितहरुको लागि यो अभियान अव एक हप्तासम्सम सञ्चालन हुने जनाइएको छ । पार्टीले संकलित रकमलाई केन्द्रिय कमिटी मार्फत भूकम्प पीडितहरुको राहतका लागि पठाइने भएको छ ।  अभियान मार्फत ५ लाख राहत संकलन गर्ने लक्ष्य राखेको जनाइएको छ । नेकपा एमालेले एक कराेड सहयाेग गर्ने घाेषणा गरेकाे छ ।

राहत संकलन अभियानमा नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु भण्डारी,पूर्व सांसद जय कुमार राई , कोशी प्रदेश पूर्व सभामुख प्रदीपकुमार भण्डारी, हालका कोशी प्रदेश सांसदद्धय रमेश कुमार वस्नेत,विजय राई,प्रदेश,जिल्ला कमिटी ,नगर कमिटी सदस्य सहितको उपस्थिती रहेको थियो । 

राहत संकलन अभियानमा सहभागि भई भुकम्प पीडितहरुको राहतको लागि आ–आफ्नो क्षेत्रबाट स्वेच्छिक सहयोग गरि दिनु हुन सवै संघ–संस्था,व्यवसायी,राजनीतिक दल,नागरिक समाज,जन प्रतिनिधी,कर्मचारी लगायत आम नागरिकमा हार्दिक अपील समेत एमाले धरानले गरेको छ । 

 पार्टीले  भूकम्पमा परी ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतहरुको उपचारको व्यवस्था चाँडो गर्न  र घरवास विहीनहरु लागि आवास तथा खाद्यन्नको व्यवस्था समेत मिलाउनको निम्ति सरकारसँग माग गर्दै राहत संकलन अभियानमा सवैले  यथासक्य सहयोग गर्न पनि हार्दिक अपील गरेको छ । 

sahayog