धरान । विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३२ औं राष्ट्रिय कविता महोत्सव २०८० मा प्रथम पुरस्कार प्राप्त कवि भीम विरहील राईले आफु पढेको विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ । 

२००७ पछि भोजपुरमा स्थापना भएका तीन विद्यालय मध्य हतुवागढी गाउँपालिकास्थित प्रजातन्त्र माध्यमिक विद्यालयलाई नगद २५ हजार सहयोग उपलब्द गराउने उहाँले जानकारी दिनु भयो । उक्त विद्यालयमा उहाँ २०३६ सालमा पहिलो पटक एनफेन कक्षामा भर्ना हुनु भएको थियो । त्यति बेला कक्षा १ प्रवेश अगाडीको कक्षालाई एनफेन भनिन्थ्यो ।

 राष्ट्रिय कविता महोत्सव पहिला 'म मरूँ या मेरो देश’ शिर्षकको कविता बाचन गरेर उहाँले उत्कृष्ट स्थान हात पादैं नगद २१ हजार पुरस्कार जित्नु भएको थियो । चार हजार थप गरेर प्रजातन्त्र माध्यमिक विद्यालय हतुवागढी - ६ होम्ताङलाई प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनु भयो । हाल विद्यालयमा भाैतिक संरचनाहरु बन्दै‌छन् । विद्यालयलाई केही  मद्त पुगाेस भनेर सहयाेग गरेकाे उहाँले जानकारी दिनु भयाे ।  

उक्त रकम हिार पछि माता दीलकुमारी राईको हातबाट विद्यालयलाई हस्तान्तरण गर्ने विद्यालयका प्रधानाध्यापक खिन्द्रमान राईसँग सहमति भएको उहाँले जानकारी दिनु भयो । 

भारतीय सेनामा लामो सयम कार्यरत राई सेनामा हँुदा वखत नेपाली साहित्यमा योगदान पुर्याउदैं आउनु भएको थियो । अन्तर्राष्ट्रिय परदेशी साहित्य समुह स्थापना गरेर उहाँसहितको टिम सेनामा हुदाँदेखि नेपाली साहित्यमा योगदान दिदैं आउनु भएको छ । हाल भने उहाँ धरानमा अवकास जीवन विताउदैं आउनु भएको छ ।  

पुरस्कार प्राप्त कविता उहाँ फौजमा हुँदा देशको मायालाई सम्झेर लेखेको  बताउनु भयो । नेपालले लिम्पीयाधुरा दावी गरिरहदा भारतीय सेनाको तर्फबाट उक्त क्षेत्रमा गस्ती गर्न पुगेका बेला कवि विहरीले २०७७ सालमा उक्त कविता लेख्नु भएको थियो ।  प्रतियोगितामा काठण्डौकी एलिसा एकलासकोे ‘बेवारिसे प्रश्न’ कविताका साथ दोस्रो र दार्जिलिङकी सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ कविताको साथ तेस्रो हुनु भएको थियो । 

कविता सुन्न याे लिङ्कमा जानु हाेला ।