धरान /  चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत 'सागर बरु सुकेर गइजाला' को म्युजिक भिडियो  १० लाखबढीले  हेरेको खुशीयालीमा धरानमा आफ्ना शुभेच्छुकहरुसँग खुशी मनाउनु भएको छ । 

सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता  हुनु भएको थियो । त्यसयता सफलताको शिखर चढेका गायक लिम्बुले सोमबार  धरान वडा २० स्थित श्रम सँस्कृति पार्कमा निर्माण भएको अहिलेको धरानको चर्चित  आरा धरान पार्कमा १ मिलियन सेलीब्रेशन केक काटेर खुशियाली मनाउनु भएको हो ।  गायक लिम्बुसँगै उक्त गीतका मोडल वादल श्रेष्ठले संयुक्तरुपमा केक काटेका थिए ।

सिन्धु रानाको रचना तथा  रेशमलाल चौधरीको संगीत रहेको उक्त गीत  सपना श्रीले फिमेल भर्शन र  गायक लिम्बुले  मेल भर्शनमा गाउनु भएको छ । अहिले भने उहाँले यो गीतलाई नयाँ भर्सनमा रेकर्ड गरि नयाँ म्युजिक भिडियो तयार गर्नु भएको हो । उक्त म्युजिक भिडियोमा वादल श्रेष्ठ, गरिमा शर्माको अभिनय रहेको छ भने निकेश खड्काको निर्देशन रहेको छ।

kek