सोलुखुम्बु  ।  पछिल्लो ६ महिनामा सोलुखुम्बु भ्रमणमा आएका एक दर्जनभन्दा बढी विदेशी नागरिकको ज्यान गएको छ ।

यस वर्षको वैशाख महिनादेखि असोजसम्म सगरमाथा क्षेत्र भ्रमणमा आएका १३ जना विदेशी नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी मलेसियाका तीन जना, चीनका दुई जना र अमेरिका, माल्दोवा, भारत, क्यानडा, जापान, चेक रिपब्लिक, स्विट्जरल्यान्ड र कोरियाका १र१ जना रहेका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख महिनामा एक जना, जेठमा पाँच जना, असोजमा दुई जना, कात्तिकमा पाँच जनाको ज्यान गएको छ । हिमाल आरोहणको क्रममा चेक रिपब्लिकका एक जनाको र अन्य १२ जनाको लेक लागेर र विभिन्न कारणले भ्रमणकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

कतिपय पर्यटकहरु बेपत्ता भइ पछि खोजतलास गर्दा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

खुम्बु भ्रमणमा आएर बेपत्ता भएका भनिएका एक जना जर्मनी नागरिकको भने अझैसम्म अवस्था पत्ता लाग्न नसकेको बताइएको छ ।