मोरंग । गएराती भुकम्पमा परी जनधनको क्षति व्यहोरेका भूकम्पपीडितका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको  छ ।

पीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने गरेको हो । आज  विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकबाट पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय भएको बिनाविभागीय मन्त्री गणेश उप्रेतीले जानकारी दिनु भयो  । नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय भएको छ। भूकम्पपीडितका लागि ट्रकमार्फत ब्लाङ्केट, त्रिपाल र म्याट्रेस पठाइने भएको हो । 

यसैवीच  भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ३८ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो । भूकम्पका कारण एक सय ६६ जना घाइते भएकागएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ३८ जना पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो । भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् ।

जाजरकोटमा घाइते भएका ८१ जनामध्ये २२ जनालाई थप उपचारको लागि सुर्खेत रेफर गरेको र बाँकेको जिल्लामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रुकुम पश्चिममा घाइते भएका ८५ जनामध्ये सात जनालाई सुर्खेत तथा १० जनालाई नेपालगञ्ज पठाएको र बाँकीको जिल्लामै उपचार भइरहेको छ ।

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।