धरान/ धरान भन्ने वितिकै सुगम शहरका रुपमा देश विदेशमा सुवास छ । त्यही सुगमतालाई नजरअन्दाज गरेर सरकारले उपमहानगरपालिका पनि बनाएको छ । कोशी प्रदेशमा पर्ने दुई उपमहानगरमा धरान एउटा हो । 'बत्तिमुनीको अध्यारो' भने झै सुगम शहर भित्र पनि अध्यारो पाटो भेटिन्छन् । सुगम शहर भित्र पनि विकटता र दुर्गम कामय छ । त्यसको उदाहरण हो धरान उपमहानगर भित्रको अन्तिम वडा २० नं. वडा । 

झण्डै ५ हजार जनसंख्या भएको २० नं. वडा साविकको विष्णुपादुका गाविस पर्छ । धरान भित्री मधेश भित्र पर्ने भए पनि यो वडा भने पहाडी क्षेत्रमा रहेको छ । विकटता, कालो पत्र सडकविहिन, खानेपानी अभाव, शैक्षिक संस्थाहरुको कम उपलब्धता, स्वास्थ्य सचेतना अभाव, भौतिक पूर्वाधारको अभाव नै यहाँका प्रमुख विशेषता भएको स्थानीय बताउनु हुन्छ । 

मंगलबार धरान २० स्थित बाघखोरका स्थानीयहरुले यि नै विशेषताका विषयमा आफ्नो क्षेत्रबाट विजयी हुनु भएका कोशी प्रदेश सभा सदस्य विजयकुमार राईलाई गुनासो राख्न भ्याए । बाहिरबाट सुन्दा सुविधै सुविधाको शहर भित्रको भित्री कथा स्थानीयहरुले पालैपालो सुनाउनु भयो ।  नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा युवा नेता भीमज्वाला राईको समन्वयमा भएको भेलामा आफ्नो क्षेत्रमा भएका समस्या, पीर मार्का आफैले भाेट दिएर जिताएका माननीयलाई धक खोलेर सुनाई उनीहरुले मन शान्त पारे । 

स्थानीय जगत राईले २०५१ सालका लोक प्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा २० नं. वडाको सडकको ट्याक खोलिए पनि हालसम्म सडक कालो पत्र हुन नसकेको बताउनु भयो । सजिलो सडक अभावमा यहाँका धार्मिक तथा एतिहासिक स्थानहरु चिन्डेडाँडा, सुलिकोट र सागुरीगढी, बाघखोर तथा सिद्धपोखरी ओझेलमा परेको उहाँले बताउनु भयो । 

खराव सडकका कारण यहाँ कृषकहरुले उत्पादन गरेको उत्पादन बजारसम्म लगेर बेच्न नपाएको स्थानीय पदम तामाङले गुनासो गर्नु भयो । बर्षाको समयमा हिलो सडकले यहाँको जीवन कष्टकर भएको उहाँले बताउनु भयो । 

bijay

अर्का स्थानीय विजय तामाङले निर्वाचनका ताका नेताहरुले यहाँको सडक, खानेपानी तथा विकासका पूर्वाधारबारे प्रतिवद्धता जनाए पनि पछि फर्किएर नआएको गुनासो गर्नु भयो ।

यस्तै स्थानीय बुद्ध तामाङ ले सुगम भित्रको दुर्गम यो गाउँको विकासका लागि पहल गर्न अनुरोध गर्नु भयो । धरान आधुनिक शहर भए पनि आफुहरुले अनुभूति गर्न नपाएको उहाँले बताउनु भयो । स्वास्थ्य शिक्षा, खानेपानी र सडकका लागि राज्यले यस क्षेत्रमा विशेष पहल गर्न उहाँले माग राख्नु भयो । 

माननीयलाई गुनासो सुनाउने भीडमा अर्का स्थानीय सुजन तामाङले स्थानीय सरकार प्रमुखलाई भेटेर समस्या राख्दा पनि वेवास्ता गरेकाले आफुहरु निरास भएको बताउनु भयो । आफुहरुलाई उपमहानगरको नागरिक जस्तो पनि नठानिएको उहाँको भनाई थियो । 

स्थानीयको गुनासो सुने पछि सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य विजयकुमार राईले स्थानीयको गुनासो र यहाँको समस्या प्रतिध्यानाकर्षण भएको बताउनु भयो । उहाँले २०८०र८१ सालको रातो वितावमा  यस क्षेत्रको सडक विस्तारका लािग ३० लाख बजेट रहेको जानकारी दिनु भयो । यहाँको समग्र विकासका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ । उहाँको समस्याको प्राथमिकरणको आशारमा पूर्वाधार विकास कार्यक्रम बाट केही बजेट विनियोजन गर्ने बचन दिनु भएको छ । यहाँको समस्या समाधानका लागि आफु निरन्तर छलफल र भेटघाटमा लाग्ने पनि उहाँले बताउनु भयो । 

अन्तरक्रिया कार्यक्रममा  मजदुर नेता राईले सांसद, पार्टी र स्थानीयले पालना गर्ने साझा अवधारणा प्रस्तुत गर्नुभएको थियो । जस अनुसार रातो कितावमा परेका योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले पहलकदमी गर्ने, प्रदेश सरकारका अन्य स्रोतहरुको खोजी गरि वडाको विकासमा संलग्न रहने, स्थानीय जनता र वडाका समस्याहरुको पहिचानका लागि समय समयमा सांसदले वडाको भ्रमण गर्ने, वडाको विकासका लागि सर्वपक्षिय र सर्बदलिय प्रयत्नमा वडा समिति, उपमहानगरपालिका, प्रदेश र संघ सरकारसंग पहल गरिरहने र वडाका समस्याहरुको समाधान र विकासका लागि प्रदेश सांसद सचिवालय, स्थानीय र पार्टीका नेतृत्वबीच निरन्तर समप्र्क र समन्वय गर्ने रहेकोछ ।

२०६९ सालको निर्वाचनमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीम ज्याला राईले त्यहाँका स्थानीयको समस्या टिपोर्ट गर्नु भएको थियो । त्यसबेला उम्मेद्वारलाई उपस्थित गराउन नपाएकाले त्यस बेलाको गुनासोबारे संसद राईलाई सुनाउन र त्यहाँको समग्र विकासका लागि पहल कदमीका लागि ज्वालाकै नेतृत्वमा माननीयसहितका टोली त्यहाँ पुगेको थियो । टोलीमा नेकपा एमाले प्रदेश कमिटी सदस्य लहरुमाया जिमी, २० नं. वडा इञ्चार्ज प्रताप तामाङ, पूर्व वडाध्यक्ष मणीराम राई, विद्यार्थी नेता मणी राईलगायत पत्रकारहरुको टोली छलफलमा सहभागी रहेको थियो । 

bhimjwala1

धरान उपमहानगरपालिकाले वडा नं २० लाई ‘पर्यटन गाउँ’ छनोट गरेको थियाे । उक्त वडामा प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका, कोकाह, चिण्डे डाँडा, ऐतिहासिकस्थल साँगुरीगढी र सुलिकोटलगायतका रमणीयस्थल रहेका छन् ।

२०७७ पुस ९ गते बसेको कार्यपालिका बैठकले विष्णुपादुकालाई पर्यटन गाउँका रुपमा थप विकास गर्न ‘पर्यटन गाउँ’छनोट गरेको थियाे । क्यानोनिङ, पदमार्ग, प्याराग्लाइडिङ, साइक्लिङलगायत सम्भावना भएको विष्णुपादुकालाई थप विकास गरी पर्यटकीय केन्द्र बनाउने  पनि ती याेना यित बेला अलपत्र परेके छ । 

विसं २०७१ मङ्सिर २६ गते सरकारको निर्णयानुसार छुट्टै गरेको विष्णुपादुका गाविसलाई धरान उपमहानगरपालिकामा गाभिएपछि वडा नं २० मा बनेको हो । यो क्षेत्र धरानको कृषी पकेट षेत्र पनि पर्छ कृषि पर्यटनको पनि उत्तिकै सम्भावना रहेको छ । उपमहानगरले कृषि पकेट क्षेत्र घोषणा गरी अदुवा, अम्लिसो, बेसार उत्पादनका लागि जोड दिँएर गरेको भए पनि  उपमहानगरमा नयाँ नेतृत्व आएसँगै विगतका जनमूखी योजनाहरु ओझेलमा परेको पूर्व वडाध्यक्ष मनीराम राईले बताउनु भयो । 

धरानको झोलुंगे पुलदेखि सुलिकोटसम्म ११ किमीको दुरी रहेको छ । राई र तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा करिव १५० घर धुरी रहेको छ ।  नेपालकै प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका मन्दिर यहाँबाट पूर्व क्षेत्रमा पर्छ उक्त क्षेत्रमा केही विकास भए पनि बाघखोर र सुलिकोट क्षेत्र ओझेलमा परेको स्थानीयको गुनासो छ । 

bijay rai

धरानको विष्णुपादुका 'पर्यटन गाउँ' छनौट