धरान । नेकपा एमालेको भातृ संगठन महिलाहरुको संगठन  अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

अधिवेशनले सविता चाम्लिङ राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको छ  । अध्यक्षमा निवार्चित राई एमाले एमाले सुनसरी जिल्ला कमिटी सदस्य समेत रहनु भएकी राई  धरानमा लामो समयदेखि महिला अधिकार र आन्दोलनमा अग्रणी रहँदै आउनु् भएको छ ।

अधिवेशनबाट  उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित हुनु भएको छ । सचिवचमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जगेवु निवार्चित हुनु भएको जनाइएको छ ।

अधिवेशनबाट कमिटीको ६ जना पदाधिकारी र ३३ जना कार्यसमिति सदस्यहरु निवार्चित भएका छन् भने बाँकी ६ जना सदस्यहरु कार्यसमितिबाट मनोनित गर्न बाँकी रहेको संघकी नवनिवार्चित अध्यक्ष राईले वतउनु भयो ।  निवार्चित कमिटीलाई संघकी केन्द्रीय सदस्य रुक्मिणी कोइरालाले सपथ ग्रहण गराइउनु भएको थियो 

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटी सदस्य लहरुमाया जिमी, प्रदेश सांसद यशोदा कायस्थ, एमाले क्षेत्र नं १ कमिटी संयोजक मीनकुमार सुब्बा, एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङ मन्तव्य राख्नु भएको थियो ।