धरान । धरानमा बडादसैंको दिन शुभसाइतमा मङ्गलवार मुस्लिम समुदायका अगुवाले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् । 

मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई निरन्तरता दिन दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएकाे मुस्लिम अगुवा फिराेज अलिले जानकारी दिनु भयाे । 

यहाँका मुस्लिम अगुवा तथा धरान मुस्लिम एकता समाजका अध्यक्षसमेत रहनु भएका अलिले मङ्गलवार हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थाप्नुभयो । छिमेकी कृष्ण शाहीकाे घरमा पुगेर टीका लगाई आर्शिवाद लिने गरेकाे उहाँले बताउनु भयाे । उहाँका छाेरीहरू मनका शाही र मन्दिरा शाहीबाट तपहारकाे भाइ टिकासमेत ग्रहण गर्ने उहाँले बताउनु भयाे । उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताउनुभयो । दस तिहार नेपालीहरूकाे चाड भएकाले आफुले मान्ने गरेकाे उहाँकाे भनाई छ ।

मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको पनि अगुवा अलिले बताउनुभयो । 

हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ ।  उहँसँगै मुस्लिम अगुवा अरमान अलि, जाफिर अलिले पनि दशै तिहार मान्दै आउनु भएकाे उहाँले जानकारी दिनु भयाे ।

नेकपा एमाले जिल्ला कमिटी सदस्यसमेत रहनु भएका अलिले वर्षौदेखि आफूले दुबै समुदायका चाडपर्वमा रमाउनेगरेको जनाउँदै एकअर्कासँग मिलेर सँगै मनाउने गरेको बताउनुभयो । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको उहाँ बताउनु हुन्छ । 

उहाँले यहाँ बर्षौदेखि दुबै समुदाय अति नै राम्रोसँग मिलेर बसेको जनाउँदै दुबै समुदायवीच निकै राम्रो सम्बन्ध र घनिष्टता रहेको बताउनुभयो । 'दसै नेपालीकाे चाड हाे धरानमा राई, लिम्बू, तामाङ, नेवारलगायत अन्य जातिले मनाउदै आएका छन् । यहाँ जातिय, धार्मिक सद्भाव छ ।'- अलिले भन्नू भयाे ।

उहाँले सबैका चाडपर्वलाई सम्मान गरेर सामेल भई मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
received_714540254034907