धरान / सम्भवत धरानका २० वटा वडाध्यक्ष मध्य सबै भन्दा कान्छा वडाध्यक्ष धरान उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष विवेक राई हुनुहुन्छ । चाडपर्वमा प्रायः वडा कार्यालय वा कुनै सार्वजनिक स्थलमा कार्यक्रम गरेर शुभकामना आदान प्रदान कार्यक्रम गरिन्छ । तर धरानका कान्छा वडाध्यक्ष राईले भने फरक किसिमले आफ्ना वडावासीलाई शुभकामना बाढ्नु भएकाे छ । उहाँले घरघरमा कार्ड पाएर शुभकामा पनि दिनु भएन् । उहाँले घर घर मा पुगेर चाडपर्वको शुभकामना दिनु भयो । घरका जेष्ठ नागरिकहरुलाई घर मै पुगेर सम्मान गर्नु भएको छ । 

वडाअध्यक्ष राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घर मै पुगेर सम्मान गदैं वडावासीमा शुभकामना दिनु भएको छ । यहाँको अभियानमा वडा सदस्य शमशेर बर्देवालगायतका वडा सदस्यहरुले साथ दिनु भएको छ । 

 नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताउनु भएको छ । उहाँले वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गर्नु भएको छ । 

कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीकरणको सेवा प्रदान गरेको छु ।’–उहाँले भन्नु भयो –‘सिंहदरमा गाउँमा आएको अनुभूति वडावासीहरुलाई होस भनेर बेलाबेलामा घरदैलो कार्यकक्रम गदैं आएको छु ।’ 

दशैको मुखमा वडामा ८० वर्ष उमेरमाथिका ३९ जना ज्येष्ठ नागरिक मध्ये १८ जना महिला र २१ जना पुरुषलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।