धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको कार्यथलो अभियान अन्तर्गत दशैकाे मुखमाअशक्त मजदुर पूण्यप्रसाद प्याकुरेल र सोम राईलाई सहयोग प्रदान गरिएकोछ । 

ह्याप्पी नेपाल मेनपावर कम्पनिका धरान शाखा प्रमुख दिपक दुमी राई र कम्पनिका कोअर्डिनेटर हेमा राईले सडक दुर्घटनामापरि थलिएका पूण्यप्रसाद प्याकुरेललाई पाँच हजार रुपैया बराबरको खाद्यान्न सामाग्री तथा सडक दुर्घटनामापरि अशक्त बनेका चालक सोम राईको उपचारका लागि नगद ६ हजार रुपैया सहयोग प्रदान गरेको हो । 

संगठनका अध्यक्ष भीमज्वाला राई, जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवा, संगठन धरान अध्यक्ष कमल भट्टराई र सञ्चारकर्मी विकास चाम्लिङको उपस्थितिमा कम्पनिका शाखा प्रमुख दिपक दुमी राई र कोअर्डिनेटर हेमा राईले पूण्यप्रसाद प्याकुरेलको धरान १५ स्थित निवास र सोम राईको निवासमै पुगेर सामग्री र नगद हस्तान्तरण गरिएको थियो । 

कार्यथलोमै पुगेर मजदुरहरुलाई सहयोग गर्ने संगठनको अभियान र मजदुरहरुको अवस्थाको बारेमा संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी गराउनु भएपछि दशैं खर्चलाई कटौती गरेर भए पनि सहयोग गर्ने उदेश्यले सहयोग गरेको दिपक दुमी राईले बताउनु भयो ।