धरान । मृगौला रोगबाट पीडित अरुणा तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आर्थिक सहयोग प्रदान गरेछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्य ट्याम्पो चालक आयुष गमरकी श्रीमति तामाङको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस भएरहेकोछ ।
दुबै मृगौलाले काम गर्न छाडेका तामाङको उपचारका लागि १७ हजार ५ सय सहयोग गरिएको हो । संगठनको पहलमा विभिन्न सहयोगदाताहरुले प्रदान गरेको सहयोग रकम संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले चालक आयुष मगरलाई हस्तान्तरण गर्रिनु भएकाे थियाे ।

उहाँको उपचारका लागि संगठनको तर्फबाट सहयोग संकलनको कार्यक्रमलाई निरन्तरता दिने संगठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराईले बताउनु भयो ।
श्रीमतीका लागि आफु मृगौला दिन तयार रहेपनि प्रत्यारोपनका लागि लाग्ने खर्च जुटाउन समस्या रहेको चालक मगरले बताउनु भयो । आफु चालक रहेकाले बिहानबेलुकाको खर्च जुटाउन मजदुर गरिरहेकाले श्रीमती बचाइदिन सबैसंग अनुरोध समेत गरेकाछन् ।