धरान  /नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले नेपालीहरूका चाड पर्वहरूकाे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

शुक्रबार आफ्नै कार्यालयमा गरेकाे कार्यक्रममा प्रमुख अतिथि  नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु सुवेदीले शुभकामना दिदैं मजदुरकाे हकहितका लागि एमालेले काम गरिरहेकाे बताउनु भयाे । धरानमा एमालेकाे नेतृत्व  हुँदा  हेल्पडेक्स स्थापना गरेर बजेट समेत व्वस्थापन गरिएकाे बताउनु भयाे ।

प्रदेश सभा सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य विजय राई, प्रदेश कमिटी सदस्य  माेतीराज सुनुवार, संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियालगायतले शुभकामना व्यक्त गर्नु भयाे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्यमा निर्वाचित नेतारूलाई संगठनले सम्मान समेत गरेकाे थियाे । सम्मानित हुनेहरूमा प्रदेश सभा सदस्य समेत रहनु भएका रमेश बस्नेत, विजय राई, प्रकाश राई,भीमज्वाला राई, माेतिराज सुनुवार, लहरूमाया जिमी, शुशिला पहाडीलगायत रहनु भएकाे छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंग एभेङलगायतकाे उपस्थिति रहेकाे थियाे ।

साेही कार्यक्रममा दुवै मृगाैला फेल भएकी टेम्पाे चालक अायुष मगरकी श्रीमती अरूणा लामालाई नगद १७ हजार संकलन गरेर सहयाेग गरिएकाे संगठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिनु भयाे ।