धरान । नेपालीहरूका सांस्कृतिक तथा परम्परागत चाड पर्वकाे अवसर पारेर धरानका उद्याेगी व्यवसायीहरूले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

सुनसरी उद्याेग बाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष तथा समाजसेवी गिरीधारी सापकाेटाकाे अध्यक्षतामा गरिएकाे कार्यक्रममा  धरानका विभिन्न क्षेत्रका उद्याेगी व्यवसायीहरूले शुभकामना साटासाट गर्नु भएकाे थियाे ।

सहभागीहरूले धरानमा स्थानीय सरकारकाे अकर्मयता र राजस्वकाे अनावश्यक आतंकले उद्याेगी व्यवसायीहरू पलायन हुन थालेकाेमा चिन्ता व्यक्त गर्नु भएकाे थियाे । 

सुनसरी उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष सराेज श्रेष्ठले  नेपाली चाड पर्वकाे अवसरमा शुभकामना दिदैं धरानकाे दहनिय अवस्थाबारे चिन्ता व्यक्त गर्नु भयाे । जानेर नजानेर धरानकाे मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेकाे बताउनु भयाे । सही नेतृत्व नहुदा उद्यगाी व्यवसाय समस्यामा परेकाे उहाँले बताउनु भएकाे छ । 'धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ ।'-पूर्व अध्यक्ष श्रेष्ठले भन्नू भयाे । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लाेकमार्गकाे विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान-मुलघाट सुरूङमार्ग आवश्यक भएकाे उहाँले बताउनु भएकाे छ ।

सुनसरी उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष अशाेक ताम्राकारले चाडपर्वकाे शुभकामना  दिदै व्यवसायीहरूकाे समस्याबारे छलफल गर्ने अभियान आवश्यक भएकाे बताउनु भयाे । धरानका धेरै सटर बन्द भएका छन् । बैकहरूकाे आतंक छ । यस्ता समस्या समाधानका लागि अभियान जरूरी भएकाे उहाँले बताउनु भयाे ।

धरानबाट व्यवसायीहरू पलायन हुन नदिन स्थानीय सरकार प्रमुखकाे भूमिका जिम्मेवार नभएकाेले उद्याेगी व्यवसायी आफै जागरुक हुनु पर्ने सुनसरी उद्याेग बाणिज्य संघका सदस्य नवीन राजभण्डारीले बताउनु भयाे । उहाँले संघकाे पूर्व अध्यक्षहरूकाे संस्था बनाएर धरानलाई समृद्ध शहर बनाउन याेगदान गर्न सुझाव दिनु भयाे ।

उद्याेग व्यवसायकाे दहनिय अवस्थाबारे सबै जिम्मेवार हुनु पर्ने  संघका सदस्य तथा निर्माण व्यवसायी नारायण लिम्बुले बताउनु भयाे ।

कार्यक्रममा उवा संघका पूर्व महासचिव राजेश अग्रवाल, संघका पदाधिकारी, सदस्यहरूलगायत व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।

चाडपर्वकाे अवसरमा शुभकामना साटासाटसँगै उद्याेगी व्यवसायीका समस्या र गुनासाेबारे परामर्श तथा छलफल भएकाे निवर्तमान अध्यक्ष गिरीधारी सापकाेटाले बताउनु भयाे । उहाँले धरानका उद्याेगी व्यवसायीहरूकाे हकहितका लागि हरसमय हरतवरले समाधान गर्न लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे । 

सुनसरी उद्याेग बाणिज्य संघका  प्रथम उपाध्यक्ष गाेपाल श्रेष्ठले संघले धरानकाे समस्या समाधान गर्न लागि परेकाे बताउनु भएकाे छ । यहाँ उठान भएका विषय संघले गम्भीर रूप लिएकाे उहाँले बताउनु भयाे ।

IMG20231019171418