धरान ।सुजुकी कम्पनीको स्कुटर खरीद गर्दा ग्राहकले  १० ग्रामको सुनको सिक्का प्राप्त गर्न सफल हुनु भएको छ । 

बिहिबार नवदुर्गा अटो प्यालेस धरान ८ को सोरुबाट सुजुकी स्कुटर खरीद गर्दा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा राजु रिजालले १० ग्राम सुन प्राप्त गर्नु भएको हो । 

  सुजुकी एक्सेस १२५ बि एस ६ स्कुटर किन्दा लक्की ड्र मार्फत एक लाख २ हजार ५० रुपैयाँ बराबरको १० ग्राम सुन प्राप्त गर्नु भएको हो । लक्की ड्र मार्फत सुन विजेतालाई धरानका वरिष्ठ पत्रकार राजकुमार कार्की ,हर्ष शुव्वा र नव दुर्गा अटो प्यालेसका संचालक दुर्गा भुजेलले उक्त सुनको सिक्का हस्तान्तरण गर्नु भएको थियो । 

कम्पनीले ‘बाँडौँ खुसी चढौँ सुजुकी’ अफरअन्तर्गत प्रत्येक १५ दिन मा देशभरका खरिदकर्तालाई समावेश गरी गरेको लक्की ड्र मार्फत उपहार दिने गरेको छ भने दसैँ तिहारका अवसरमा सुजुकीले मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँको पक्का छुट र सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार रुपैयाँसम्म छुट दिने बताएको छ । 

 कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाइने र शून्य प्रतिशत फाइनान्सिङको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाईल्सले दसैँ तिहारका अवसरमा ‘बाँडौँ खुसी चढौँ सुजुकी’ नामक अफर योजनामा प्रत्येक १५÷१५ दिनमा नै लक्की ड्र मार्फत ग्राहकले उपहार प्राप्त गर्दै आएका छन् । 

सञ्चालक  भुजेलका अनुसार सुजुकी कम्पनीको यो खालको लक्की ड्र योजना यहि असोज १ गते बाट सुरु भएको हो भने कार्तिक मसान्त सम्म यो अफर सन्चलन हुने जनाइएको छ ।