धरान / चाडपर्व आउदैं गर्दा प्रायः शुभकामना आदान प्रदान कार्यक्रम गरेर शुभकामना व्यक्त्र गरिन्छ । एकले अर्कालाई दशै तिहार, छठलगायतका चाडपर्वको शुभकामना दिने चलन छ । तर धरान १४ रहेको आइडियल इङ्लिस बोर्डिङ स्कूलले फरक किसिमको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । 

मंगलबार साँझ विद्यालय प्राङ्गणमा शुभकामना आदान प्रदान कार्यक्रम नाम दिएर फरक किसिमको कार्यक्रम आयोजना गरेको हाे । सा‌ङ्गितिक कार्यक्रम गरि अतिथिहरुलाई मनाेरञ्जन दिलाएकाे छ ।

उपस्थित अतिथिहरुलाई विद्यालयका संयोजक कमल राना मगरले 'अलझेछ क्यारे पच्छौरी तिम्रो चियाको बोटैमा...' बोलको गित गाएर स्वागत गर्नु भयो । सुरिलो स्वरका धनी रानाले गित गाइरहदा दर्शक दीर्घाबाट तालिका फोहोरा बर्सिए । 

ideal

विद्यालयका शिक्षकहरुले सामुहिक नृत्यबाट पाउनालाई स्वागत गरिएको थियो । सधै टाई सर्ट पेन्टमा ठाटिएर हिड्ने विद्यलायका सहायक प्रधानाध्यपक मनोज गुरुङ कार्यक्रममा गुरुङ भेषभुषामा देखिनु भयो । कम्प्युटर शिक्षक धिरेन खवास मगर भेषभुषामा, गणित शिक्षक नवराज दाहाल दौरा सुरुवा र ढाका टोपी, यस्तै विद्यालयका निर्देशक सागर खड्का स्वयम नेपाली पोशाकमा उपस्थित भएर 'पूर्वको माया पश्चिम, पश्चिमको माया पूवृलाई....' बोलको गितमा सामुहिक नृत्यले माहौल तताउनु भयाे । साथमा विद्यलायकै शिक्षिका राेशनी याक्तेन तामाङ भेषभुषामा, सरिता लिम्बु लिम्बु भेषभुषामा, सीम्मा राई राईको पोषाकमा, वीना श्रेष्ठ नेवारी पोषाकमा र गिता पौडेल नेपाली पोषाकमा सजिएर पाहुनालाई स्वागत गर्नु भयाे ।  

उहाँहरुको सामुहिक नृत्यले उपस्थित अतिथिहरुलाई हुटिङ गर्न बाध्य बनायो । शिक्षक प्रदिप राईले गाएको गीतमा स्वरमा स्वर मिलाएर अतिथिहरुले नाच्नु भएको थियो । विद्यालयका शिक्षकहरको बहुप्रतिभाको कार्यक्रमका प्रमुख अतिथि धरान १४ नं. वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, विशष्ठि अतिथि दुर्गाराज थापाले मुक्तकष्ठले प्रशंशा गर्नु भयो । शुभकामना आदानप्रदान कार्यक्रममा फरक किसिमको मनोरञ्जनका लागि उहाँहरुले विद्यालयलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रम अवधीभर छमछमीका सेकेण्ड रनरअफ सुरेस राई, सप्तक संगित विद्यालयका कलाकारहरुको प्रस्तुतीले झन माहौल तताएको थियो । केही बेर पानी परे पनि कार्यक्रमले निरन्तरता पाइरहयो । दन्तकाली माविका शिक्षकहरुले गित गाएर मनोरञ्जन गराउनु भएको थियो । 

२०१८ की जेसिआइ धरानमिस एसईइकी विजेता नविना मग्रातीले संचालन गरेको कार्यक्रममा विद्यालयका निर्देशक सागर खड्काले अतिथिहरुलाई शुभकामना दिदैं समापन गर्नु भयो । विद्यालयले अतिथिहरुका लागि डिनरको समेत व्यवस्थापन गरेको थियो । कार्यक्रममा १४ नं. वडा सदस्यहरु झरना मुखिया, कमल भट्टराई, राम तामाङ, दर्गा विक, वडासचिव नविन भट्टराईलगायतको बाक्दो उपस्थितिरहेको थियो ।

krishna