उदयपुर । उदयपुरमा आफ्नै  श्रीमतीलाई खाना पकाउने कुकुरले हिर्काएर हत्या गरेको आरोपमा  ३२ वर्षीय पिटर राईलाई प्रहरीले पक्राउ गरेको छ । 

सामान्य घरायासी विवादमा हुँदा राईले खाना पकाउने कुकर प्रहार गरि श्रीमती ३० वर्षीय छविमाया राईलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने  राईलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीलेृ जनाएको छ ।  

प्रहरीका अनुसार कुकरले प्रहारबाट गंभीर गम्भीर हुनु भएकी भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले मंगलबार राति उहालाई पक्राउ गरेको हो।

हत्या घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।