धरान । सुनसरीको धरानमा हरेक वर्ष हुँदै आएको १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक डिपो मावि धरान १८ ले शुरु गरेको छ । 

प्रतियागिताको बारेमा सोमबार धरानमा पत्रकार सम्मेलन गरी यही मंसिर १८ गतेदेखि २२ गते सम्म सन्चालन हुने डिपो माविका प्राचार्य राजकुमार राईले जानकारी दिनु भएको छ । उहाँका अनुसार प्रतियोगितामा १६ वटा टिम मात्रै सहभागि गराइने भएकाले त्यो भन्दा वढी भएमा सहभागि नगराइने र चाँडो नाम दर्ता गर्नेलाई प्राथमिकता दिने बताइएको छ ।  

आयोजकका अनुसार प्रतियोगितामा कक्षा ५ सम्म मात्रै विद्यार्थी र उमेरको हमा १२ बर्षमुनिका विद्यार्थीहरुले मात्रै सहभागिता हुने पाउने छन् । प्राचार्य राईका अनुसार ललित अम्बर डिपो कपको विजेताले नगद ११ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।  उपविजेताले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ भने  तेस्रो हुने टिमले पनि नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणप पाउने जनाइएको छ । 

प्लेट च्याम्पियनको विजेतालाई नगद ३ हजार, रनरअपलाई नगद २ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ । 

गत वर्षको प्रतियोगितामा ललित अम्बर डिपो कपमा धरान १३ को नेपाल प्रहरी स्कुल च्याम्पियन भएको थियो भने इष्टर्न एजुकेस्नल एकेडेमी धरान १७ उपविजेता र धरान लिगामेन्ट स्कुल धरान १६ तेस्रो भएको थियो ।