हमासले ७ अक्टोबर शनिवारको बिहानै इजरायलमा आक्रमण सुरु गरेदेखि  अपरेशन अल(अक्सा फ्लडू नाम दिइएको उक्त आक्रमणको योजनाकारहरूबारे मानिसहरूले प्रश्न गरिरहेका छन्। सैन्य विश्लेषकहरू र पर्यवेक्षकहरू इजरेललाई आश्चर्यचकित तुल्याएको उक्त आक्रमणबारे चासो राख्नेमा अगाडि छन्।

गाजामा शासन गरिरहेका प्यालेस्टिनी लडाकु समूह हमासका धेरै उच्च श्रेणीका व्यक्तिहरू सञ्चारमाध्यममा मुखौटो लगाएर मात्रै देखिन्छन्। यसका अरू नेताहरूले पनि आफ्नो जीवनको धेरै समय इजरेलको हत्या प्रयासबाट जोगिँदै कटाएका छन्।

यहाँ हामी अहिलेका सबैभन्दा प्रख्यात हमासका राजनीतिक नेताहरू र उसको इज्ज अल(दिन अल(कसम ब्रिगेडका सैन्य कमान्डरहरूबारे चर्चा गर्दैछौँ।

मोहम्मद डेफ

मोहम्मद डेफ हमास लडाकुहरूलाई गाजाबाट इजरायलमा प्रवेश गर्न मिल्ने सुरुङ निर्माण गर्ने इन्जिनियर मानिन्छन् । उहाँको पूरा नाम मोहम्मद दैयब एल(मसरी हो। उहाँले आफ्नो नाम अबु खालिद पनि राख्नुभएको छ । जसको बोलाउने नाम अल डेफ हो।

सन् १९६५ मा गाजामा जन्मिनु भएका उहाँले हमासको सैन्य सङ्गठन इज्ज अल दिन अलकसम ब्रिगेडको नेतृत्व गरिरहनु भएको छ । 

प्यालेस्टिनीहरूमाझ उहाँ योजनाकारका रूपमा र इजरेलीहरूमाझ मृत्युका मान्छे भनेर चिनिन्छन्।

उहाँले गाजाको स्लामिक विश्वविद्यालयबाट जीवविज्ञानमा स्नातक गर्नु भएको छ । नाटक घरमा अभिनयमा रुचि भएका उहााले सुरुमा कलाकारहरूको एउटा समूह गठन गर्नु भएको थियो । 

त्यहीबाट हमासको स्थापना घोषणा भयो। उहाँले कुनै आनाकानी बिना यो समूहमा सहभागी हुने निर्णय लिनु भएको बताइएको छ  । उहाँलाई सन् १९८९ मा इजरेली प्रशासनले पक्राउ गरेको थियो। हमासको सेनाका लागि काम गरेको आरोपमा १६ महिना जेलमा बिताएका उहाँ पछि रिहा हुनु भएको हो । 

उहाँ जेलमा रहेका समयमा इजरेली सैनिकहरूलाई समाउने हमास भन्दा भिन्न अभियान सुरू गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । जसअनुसार उहाँले अलकसम ब्रिगेड गठन गर्नु भयो । 

उहाँ थुनामुक्त भएपछि इज्ज अलदिन अल कसम ब्रिगेड देखा पर्‍यो र संस्थापकका रूपमा अरू नेताहरूसँगै डेफ देखिनु भयो । डेफले हमास विद्रोहीहरूका लागि सुरुङहरू बनाउने कामको परिकल्पना गर्नु भयो । जसले उहाँहरूलाई गाजाबाट इजरेलमा प्रवेश गर्ने बाटो बनाइदियो।

इजरेलमा एक साथ ठूलो सङ्ख्यामा रकेट प्रहार गर्ने रणनीतिका पनि उहाँ पैरवीकर्ता हुन्। उहाँ माथिका सबैभन्दा गम्भीर आरोपहरूमा हमासका एक जना बम निर्माता मारिएपछि चलाइएको बदलाको अभियानमा ५० जना इजरेलीहरू मारिने गरी बम आक्रमण गरेको र तीन जना इजरेली सैनिकलाई नियन्त्रणमा लिएको जस्ता छन्।

इजरेलले सन् २००० मा उहाँलाई पक्राउ गरेको थियो। तर उहाँ एउटा विद्रोहको मौकामा इजरेलको पञ्जाबाट उम्कन सफल भएपछि उहाँ कहाँ छन् भन्ने प्रमाण विरलै छोड्ने गरेका छन्।

उहाँ सन् २००२ मा एउटा गम्भीर हत्या प्रयासबाट अचम्मगरी उम्कन सफल हुनु भएको थियो । त्यसमा उहाँले एउटा आँखा गुमाउनु भएको थियो । इजरेलले उहाँको एउटा हात र खुट्टा पनि गुमाएको बताउँदै आएको छ।

सन् २०१४ मा इजलेलले गाजा माथि गरेको ५० दिन लामो आक्रमणमा पनि इजरेली सेनाले उहाँको असफल हत्या प्रयास गर्‍यो। उहाँ उम्किए पनि उहाँकी श्रीमती र दुई जना बच्चाहरू मारिए।

उहाँको नामसँग जोडिएको डेफको अर्थ आफैँमा पाहुना हो। जसको अर्थ पाहुना एक ठाउँमा लामो समयसम्म बसिरहँदैन। उहाँ इजरेलबाट हुनसक्ने आफ्नो हत्याबाट जोगिन हरेक रात नयाँ नयाँ ठाउँमा सुत्ने गरेका छन्।

मारवान इसा

मारवान इसालाई मोहम्मद डेफको दाहिने हात मानिन्छ। उहाँ इज्ज अल दिन अल कसम ब्रिगेडका उपकमाण्डर(इनचीफ) हुन् र हमास आन्दोलनको राजनीतिक र सैन्य इकाइका सदस्य हुनु हुन्छ । 

इजरेली सुरक्षा बलले उहाँलाई प्यालेस्टाइनको पहिलो विद्रोहको समयमा पक्राउ गरेको थियो। हमासका गतिविधिमा सक्रिय भएको आरोपमा इजरेलले उहाँलाई पाँच वर्षसम्म हिरासतमा राखेको थियो। उहाँ युवावस्थामै हमासमा सामेल भएका हुन्।

इजरेलले उहाँ बाँचुन्जेल हमाससँगको ‘मस्तिष्क युद्ध’ जारी रहने बताएको छ। इसा एक प्रतिष्ठित बास्केटबल खेलाडीको रूपमा चर्चा कमाएका व्यक्ति हुनुहुन्छ । तर खेलकुद उहाँको पेसा बन्न सकेन किनभने इजरेलले उहाँलाई हमासमा सामेल भएको आरोपमा १९८७ मा गिरफ्तार गर्‍यो।

प्यालेस्टिनी प्रशासनले पनि उनलाई सन् १९९७ मा पक्राउ गरेको थियो।  सन् २००० ‘अलअक्सा इन्तिफादा  नामले चिनिने विद्रोह सुरु नभएसम्म उनी रिहा हुनु भएन ।  जेलबाट रिहा भएपछि इसाले इज्ज अल दिन अल(कसम ब्रिगेडहरूमा सैन्य प्रणालीहरू विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।  हमासमा उहाँको महत्त्वपूर्ण भूमिकाका कारण इसाको नाम इजरेलले ‘मोस्ट वान्टेड भनिने खोजी गरिएका व्यक्तिको सूचीमा राखेको छ।

सन् २००६ मा इजरेलले इज्ज अल(दिन अल(कसम ब्रिगेडका प्रमुख नेताहरूको बैठक चलिरहेका समयमा डेफसँगै उहाँको पनि हत्या गर्ने प्रयास गर्‍यो। उक्त आक्रमणमा उहाँ घाइते हुनु भयो । तर उहाँहरूलाई हत्या गर्ने इजरेली प्रयास सफल भएन। इजरेली लडाकु विमानहरूले गाजामा सन् २०१४ मा आक्रमण गर्दा उहाँको घर ध्वस्त भएको थियो। यसबेला उहाँका एक जना भाइको मृत्यु भएको थियो। सन् २०११ सम्म उहाँको अनुहार कसैले देखेका थिएनन्।  त्यो वर्ष खिचिएको एउटा सामूहिक तस्बिरमा उहाँ देखिनुभएको छ । 

उहाँलाई अबु अल(बारा भनेर पनि चिनिन्छ। घुसपैठको योजनाकारका रूपमा उहाँलाई इजरेलले खोजिरहेको छ। सन् २०१२ को ुशेल स्टोन्सु देखि २०२३ को ुअल(अक्सा फ्लडु जस्ता हमासका गतिविधिमा उहाँ संलग्न भएको इजरेली आरोप छ।

याह्‍या सिनवार

सन् २०१५ को सेप्टेम्बरमा अमेरिकाले याह्‍या सिनवारको नाम अन्तर्राष्ट्रिय चरमपन्थीको कालोसूचीमा राखेको थियो । सिनवार हमासका नेता हुन्। उहाँ गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख हुन्। सन् १९६२ मा जन्मेका सिनवार हमासको सुरक्षा सेवा ुमजदुका संस्थापक समेत हुनुहुन्छ । माजदले गाजामा आन्तरिक सुरक्षा हेर्छ। यसमा सन्दिग्ध इजरेली एजेन्टहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू समावेश छन्। उहाँ आफैँ पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि नजर राख्छन्।

सिनवार तीन पटक पक्राउ परेका छन्। सन् १९८२ मा इजरेली सुरक्षा बलले उहाँलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यति बेला उहाँलाई चार महिना जेलमा राखिएको थियो।

सिनवार सन् १९८८ मा तेस्रो पटक पक्राउ परेका थिए । यसपछि उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो। उहाँ जेलमै रहेका समयमा हमासको क्षेप्यास्त्रले इजरेली सैनिक ग्लाड शालितको ट्याङ्क ध्वस्त पार्‍यो र ती सैनिकलाई हमासले बन्धक बनायो।

सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फताहका कैदीहरूलाई रिहा गरेको थियो। जसमा याह्या सिनवार पनि पर्नु भएको थियो । 

इजरेली कैदबाट मुक्त भएपछि सिनवार हमासमा आफ्नो पुरानो स्थानमा फर्किनु भयो । सन् २०१७ मा सिनवार गाजा क्षेत्रमा हमासको राजनीतिक इकाई प्रमुख चुनिनुभयो । 

अब्दुल्लाह बरगुटी

बरगुटीको जन्म सन् १९७२ मा कुवेतमा भएको थियो। दोस्रो खाडी युद्धपछि सन् १९९० मा उनी जोर्डनमा बस्न जानु भयो । उहाँले दक्षिण कोरियाली विश्वविद्यालयमा तीन वर्षसम्म इलेक्ट्रोनिक इन्जिनियरिङ अध्ययन नसक्दासम्म जोर्डनको नागरिकता लिनु भएको थियो । त्यहीँबाट उहाँले विस्फोटक पदार्थ बनाउन सिक्नु भयो । प्यालेस्टाइनमा प्रवेश गर्ने अनुमति पाएकाले उहाँले आफ्नो पढाइ पूरा गर्न सक्नु भएन । उहाँको वरपरका मानिसहरू मध्ये कसैलाई पनि उहााको विस्फोटक बनाउने क्षमताको बारेमा थाहा थिएन।

एक दिन उहाँले आफ्नो भाइ बिलाल अल बरगुटीलाई पश्चिम तटीय दुर्गम क्षेत्रमा लिएर जानु भयो । त्यहाँ उहाँले आफ्नो सीप देखाउनु भएको थियो । 

बिलालले आफ्नो सेनापतिलाई आफूले देखेको कुरा बताउनु भयो । अब्दुल्लाह बरगुटीलाई त्यसपछि इज्ज अल(दिन अल(कसाम ब्रिगेडमा सामेल हुन आमन्त्रित गरियो।

अब्दुल्लाह बरगुटीले आफ्नो सहरको गोदाममा सैन्य उत्पादनका लागि विशेष कारखाना स्थापना गरेका थिए । बरगुटीलाई सन् २००३ मा इजरेली सुरक्षा बलले संयोगवश पक्राउ गरेको थियो। उहाँलाई तीन महिनासम्म सोधपुछ गरिएको थियो।

दर्जनौँ इजरेलीको मृत्युको लागि बरगुटीलाई जिम्मेवार मानिन्छ। उहाँमाथि दोस्रो पटक मुद्दा चल्दा मृतकका आफन्त पनि सुनुवाइमा उपस्थित थिए । उहाँलाई इजरेलको इतिहासमा सबैभन्दा लामो सजाय सुनाइएको थियो। उहाँलाई ६७ वर्ष आजीवन कारावास र ५,२०० वर्षको जेल सजाय सुनाइएको थियो।

उहाँलाई केही समय एकान्त कारागारमा राखिएको थियो। त्यसको विरोधमा उहाँले अनशन सुरु गरे। यसपछि उहाँको एकान्त कारावासको अन्त्य भयो। बरगुटीलाई ‘छाया राजकुमार’ पनि भनिन्छ। जेलभित्र लेखिएको सोही नामको किताबबाट उहाँलाई ‘प्रिन्स अफ द स्याडो’ उपनाम दिइएको हो । यस पुस्तकमा उनले आफ्नो जीवन र अन्य कैदीहरूसँग मिलेर चलाएका अभियान बारेमा वर्णन छ। 

इस्माइल हानिया

उहाँको अर्को नाम अबु अल(अब्द हो। उहाँको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उहाँ सन् २००६ देखि प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा काम गर्दै आउनु भएको थियो । सन् १९८९ मा इजरेलले उहाँलाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उहाँलाई हमासका धेरै नेताहरूसँगै इजरेल र लेबनन बीचको ‘नो म्यान्स ल्यान्ड’को रूपमा रहेको मार्ज अलजुहुरमा निर्वासनमा पठाइयो।

आफ्नो निर्वासन पूरा गरेपछि उहाँ गाजा फर्किए। सन् १९९७मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त हुनुभयो । जसले उहााको राजनीतिक हैसियत उच्च बनाइदियो।

हमासले उहाँलाई सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्री नियुक्त गरेको थियो। तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उहाँलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए।

इज्ज अलदिन अलकसम ब्रिगेडले गाजा क्षेत्र कब्जा गरेपछि अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरू निष्कासन भएसँगै उहाँले पनि पद गुमाउनु भयो। त्यसक्रममा एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिएका थिए।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गर्नु भयो। उहााले आफ्नो सरकारले नियमित कामलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताउनुभएको थियो। 

त्यसयता हानियाले फतहसँग मेलमिलापका लागि पटकपटक अपिल पनि गरिसकेका छन्। सन् २०१७ मा हमासको राजनीतिक इकाई प्रमुखमा निर्वाचित हुनु भएका उहाँलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो।

खालिद मशाल

मशालको पूरा नाम अबु अलवालिद हो र उहाँको जन्म सन् १९५६ मा वेस्ट ब्याङ्कको सिलवाड गाउँमा भएको थियो।  उहाँले प्राथमिक शिक्षा त्यहीँ प्राप्त गरे। पछि उहाँको परिवार कुवेत गयो र त्यहाँ उहाँले माध्यमिकसम्मको शिक्षा पूरा गर्नु भयो । मशाल सन् १९९६ देखि २०१७ सम्म हमासको राजनीतिक इकाईको अध्यक्ष पनि थिए। सन् २००४ मा शेख अहमद यासिनको मृत्यु पछि मशाललाई यसको नेता नियुक्त गरिएको थियो । इजरेलको गुप्तचर सेवा मोसादले सन् १९९७ मा उहाँलाई निशाना बनाएको थियो।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा उहाँको हत्या गर्ने प्रयास गरिएको थियो। नेतान्याहुले मोसादका प्रमुखलाई मशालको हत्याको योजना बनाउन निर्देशन दिएका थिए।

मोसादका १० जना एजेन्ट नक्कली क्यानेडेली राहदानीमा जोर्डन प्रवेश गरेका थिए। खालेद मशालसँग त्यति बेला जोर्डनको नागरिकता थियो। राजधानी अम्मानको सडकमा हिँड्दै गर्दा उहाँलाई विषाक्त पदार्थको सुई लगाइएको थियो। जोर्डनका अधिकारीहरूले यो हत्या प्रयास पत्ता लगाए। उनीहरूले यसमा संलग्न दुई मोसाद एजेन्टलाई पक्राउ गरेका थिए।

त्यस बेला जोर्डनका राजा हुसेनले इजरेली प्रधानमन्त्रीसँग मशाललाई दिइएको विषाक्त पदार्थको औषधि मागेका थिए। तर नेतान्याहुले सुरुमा यो अनुरोध अस्वीकार गर्नु भयो । उहाँको हत्याको प्रयासले राजनीतिक विवादको रूप लियो। यसमा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले हस्तक्षेप गरेका थिए । उहाँले नेतान्याहुलाई औषधी दिन बाध्य पारे।

मशालले डिसेम्बर सन् २०१२ मा पहिलो पटक गाजा क्षेत्रको भ्रमण गर्नु भएको थियो। । उहाँ ११ वर्षको हुँदा प्यालेस्टाइन छोडेका छाडुन भएको थियो।  त्यसपछि प्यालेस्टिनी क्षेत्रमा उहाँको यो पहिलो भ्रमण थियो। 

राफा क्रसिङमा प्यालेस्टिनी नेताहरूले उहाँलाई स्वागत गरेका थिए। गाजा सहरमा पुगेपछि उहाँलाई स्वागत गर्न प्यालेस्टिनीहरुको भीड सडकमा जम्मा भएको थियो।

महमूद जहर

जहरको जन्म गाजामा सन् १९४५ मा भएको थियो। उहाँका बुबा प्यालेस्टिनी र आमा इजिप्सियन थिए। उहाँको बाल्यकाल इजिप्टको इस्माइलिया सहरमा बित्यो। उहाँले गाजामा माध्यमिक तहसम्मको शिक्षा हासिल गर्नु भएको थियो । 

उहाँले सन् १९७१ मा कायरोको ऐन शम्स विश्वविद्यालयबाट जनरल मेडिसिनमा स्नातक गर्नु भएको थियो । त्यसपछि १९७६ मा जनरल सर्जरीमा स्नातकोत्तर गर्नु भएको थियो । पढाइ सकेपछि उहाँले गाजा र खान योनिसको अस्पतालमा डाक्टरको रूपमा काम गर्नु भयो । उहाँको राजनीतिक गतिविधिको कारण पछि उहाँ त्यहाँबाट बर्खास्त हुनु भयो । 

जाहर हमासका प्रमुख नेता मानिन्छन्। उहाँलाई हमास आन्दोलनको राजनीतिक नेतृत्वको सदस्य मानिन्छ। सन् १९८८ मा हमासको स्थापना भएको छ महिनापछि महमूद जहरलाई छ महिनासम्म इजरेली जेलमा राखिएको थियो। इजरेलले उनलाई सन् १९९२ मा अन्य नेताहरूसँगै उहाालाई मार्ज अलजुहुरमा निर्वासन पठाएको थियो। उहाँ एक वर्ष त्यहाँ बस्नु भयो। सन् २००५ मा भएको निर्वाचनमा हमासले बहुमत प्राप्त गरेपछि जहरले प्रधानमन्त्री इस्माइल हनियाको सरकारमा विदेश मन्त्रीको रूपमा काम गर्नु भयो । त्यसपछि राष्ट्रपति महमूद अब्बासले सरकार बर्खास्त गरेपछि प्यालेस्टिनीहरूबीच विभाजन निम्तियो।

इजरेलले सन २००४ मा जहरको हत्या गर्ने प्रयास गरेको थियो। गाजा सहर नजिकैको रिमालमा रहेको जाहरको घरमा एफ–१६ लडाकू विमानले बम खसालेको थियो। यो बम पाँच क्विन्टलको रहेको बताइएको छ। यस आक्रमणमा उहाँ सामान्य घाइते हुनु भएको थियो । तर उहाँका जेठा छोरा खालिदको मृत्यु भयो।

उहाँका अर्का छोरा होसाम पनि २००८ मा गाजाको पूर्वी क्षेत्रमा इजरेली सेनाको कारबाहीमा मारिएका थिए। यस हमलामा होसाम सहित १८ जनाको मृत्यु भएको थियो। होसाम कसम ब्रिगेडका सदस्य पनि थिए।

जहरले बौद्धिक, राजनीतिक र साहित्यिक कार्यहरू लेखेका छन्। यसमा द प्रब्लम अफ आवर कन्टेम्परेरी सोसाइटी अ कुरानिक स्टडीु नो प्लेस अन्डर द सन समावेश छन्। यी बेन्जामिन नेतान्याहुको पुस्तकको जवाफमा लेखिएका हुन्। उहाँले  अन द पेभमेन्ट नामक उपन्यास पनि लेखेका छन्।बीबीसीबाट