धरान / तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ भन्ने मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान १५ की नीवा लिम्बू (१९) ले मिस धरान आइकन २०२३ को उपाधि जित्नु भएको छ । मिस पर्सनालिटीको सबटाइटलसमेत जित्नु भएकी नीवाले धरानको अर्थतन्त्रको विकास र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने विचार राख्नु भएको थियो । 

उत्कृष्ट ११ प्रतिस्पर्धीलाई पछि पार्दै नीवाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ र एक साताको हङकङ भ्रमणको अवसर प्राप्त गर्नु भएको छ । मुख्य निर्णायक मेन्टर सेफ तथा  युएन कलेजका एचएम कोर्डिनेटर गगनमान श्रेष्ठले सोधेको प्रश्नमा नीवाले स्वच्छ खानेपानी वितरण, फोहोर व्यवस्थापनमा ध्यान दिने र नगरवासीलाई स्तरीय शिक्षा र स्वास्थ्य सुविधाको प्रत्याभूति दिने बताउनु भयो ।  म यदि धरानको मेयर भएँ भने युवाहरुलाई विदेश नजान अपिल गर्दै धरानमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नेछु, अर्थतन्त्रको विकासका र पर्यटनमा टेवा पुर्याउन धरानमा स्थानीय सम्पदाको प्रवर्द्धन र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नेछु, मेरो ज्ञान डिजिटल मार्केटिङमा लगाउनेछु,ु नीवाले न्नु भयो,  नेतृत्व विकास र योजना व्यवस्थापनमा सरोकारवालाहरुसँग परामर्श गरी धरानको विकासमा लगाउनेछु । युवाहरुलाई निशुल्क अनलाइन शिक्षा प्रदान गर्नेछु ।ु उनले युवा उद्यमीलाई स्थानीयस्तरमै अवसर सिर्जनाका लागि नीति तथा कार्यक्रम निर्माण गर्ने बताइन् । इटहरी इन्टरनेसनल कलेजमा बिबिए सेकेण्ड इयर अध्ययनरत नीवाको सटिक उत्तरमा निर्णायक मण्डलले उहाँलाई विजेता घोषणा गरे । उहाँलाई आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले बिजेताको ताज  लगाइदिनु भएको थियो । 

मिस धरान आइकन २०२३ को फस्ट रनरअप मिस इन्टेलेक्चुअलको सब टाइटल पाउनु भएको अनु राई घोषित हुनु भयो। । उहाँले नगद ३० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्सको अवसर प्राप्त गर्नु भयो । उहाँलाई मिस धरान आइकन २०२२ कि फर्स्ट रनर अप प्रेजिना राईले ताज लगाइदिनु भयो ।  त्यस्तै   मिस ब्युटिफुल कम्प्लेसनको सब टाइटल विजेता जेसिका जोशी सेकेण्ड रनरअप बन्नु भयो । उहाँले नगद २० हजार रुपैयाँसँगै ३ महिनाको निशुल्क आइएलटिएस कोर्स गर्ने अवसर प्राप्त गर्नु भयो । उहाँलाई मिस धरान आइकन २०२२ कि सेकेन्ड रनर अप श्वेता बिस्वकर्माले ताज लगाइदिनु भयो । 

सब(टाइटल अन्तर्गत मिस फोटो जेनिक समीक्षा चौधरी, मिस बेस्ट वक रिया सेन्चुरी, मिस मल्टिमिडियासँगै मिस फ्रेण्डसिप दिवाना राई, मिस पब्लिक चोइस साइमना राई, मिस डिस्सिप्लिन विशाखा विष्ट, मिस एक्टिभ जुनु तामाङ, मिस कल्चरल ड्रेस सृष्टिका राई, मिस बेस्ट स्माइल एलिना तामाङ घोषित हुनु भयो । ब्ल्याक पिग इन्टरटेन्मेटको आयोजनामा भएको मिस धरान आइकनको दोस्रो संस्करणको निर्णायक मण्डलमा मेन्टर सेफ गगनमान श्रेष्ठसँगै अभिनेता सानुबाबा सुब्बा, डिएसपी डा. श्रीबिन्दु शर्मा, डिपो स्कुलका फ्याकल्टी चिफ डा एनएल राजवंशी, शिक्षासेवी तथा उत्प्रेरक सुरेश राई, कवि सुदिप पाख्रिन र मिस पूर्वाञ्चल २०१९ कि सेकेन्ड रनरअप तथा  लेक्चरर सिमरन लिम्बू रहेनु भएको थियो । ुब्युटी विथ ब्रेनु को नारासहित युवा सशक्तीकरणका लागि प्रतियोगिता आयोजना गरिरहेको आयोजक संस्थाका प्रमुख हरिहाङ तिगेलाले जानकारी दिनु भयो ।  प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, फेसन, र्यामवर्क, सौन्दर्यसम्बन्धी ज्ञान, पर्यटन, इतिहास, क्याटवकलगायतका प्रशिक्षण दिइएको मिस धरान आइकनका प्रबन्ध निर्देशक राजकुमार पराजुलीले जानकारी दिनु भयो । डिजाइन अफ फेशन एण्ड टेक्नोलोजीको पहिरन रहेको प्रतियोगिताको  कोरियोग्राफी प्रोजिता लामाले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन विद्या लिम्बूले गर्नु भएको थियो भने प्रतियोगिता सिल्भर इन्टरटेन्मेन्टको विशेष सहयोगमा सम्पन्न  भएको थियो ।