धरान ।धरान पुरानो व्यापारिक केन्द्रको रुपमा परिचित शहर हो । पुर्वी पहाडी जिल्लाको लागि धरान व्यापारिक केन्द्र वनेको शहर हो,धरान । पुर्वी पहाडी जिल्लाबाट कुनै समय हिडेर यहाँबाट नुन,खाद्यन्न र अति आवस्यकीय बस्तु खरिद विक्री हुने गरेको इतिहाँँस धरानले बोकेको छ ।

धरानलाई अझै पनि व्यापारिहरुको शहर भनेर चिनिन्छ । तर पछिल्लो समय धरानको व्यापार व्यवसाय चौपट हुन थालेको छ । कोरोनाको समयदेखि आर्थिक मन्दीले गर्दा थिलथिलो भएको धरानको व्यापार व्यवसाय उठ्न सकिरहेको छैन। कोरोना अघि मासिक रुपमा धरानका व्यापार व्यवसायीले ९० करोड सम्मको कारोबार गर्दै आइरहेका थिए । धरानको अर्थतन्त्रमा धरानको व्यापार र व्यवसायले ठुलो मात्रमा सहयोग गरेको थियो ।

तर कोरोना पछिको समयमा धरानको व्यापार व्यवसाय चौपाट मात्रै भएको छैन,व्यापारीहरुले कोठाभाँडा तिर्न समेत नसकेपछि धरान बजारका अधिकाँस सटरहरुका खाली हुन थालेको छ भने यहाँका व्यापारीहरु धमाधम पलायन हुन थालेको सुनसरी उद्योग वाणिज्य संघ धरानका निर्वतमान अध्यक्ष गिरिधारी सापकोटाले वताउनु भएको छ । 

उहाँले भन्नु भयो,‘मासिक ९० करोड सम्म कारोबार हुने तथ्याँक हामीसँग छ,तर अहिले त्यस्तो छैन,व्यापार व्यवसाय चौपाट भएको छ,त्यसैले यहाँको व्यापारीहरुले इटहरी, विराटनगर जस्ता स्थानमा व्यापारको निम्ति विकल्प खोज्न थालेका छन्,यहाँका सटरहरु धमाधम वन्द हुन थालेको छ।’

कोराना पछि थिलथिलो भएको व्यापार व्यावसाय दिनानु दिन कमजोर वन्दै गएकोले अव धरान व्यापारी रहित धरान हुने अवस्थामा पुग्ने सापकोटाको भनाई छ । देशमा नै आर्थिक संकट परेपछि त्यसको असर धरानमा पनि पर्दै नै आएको हो तर यहाँको स्थानीय सरकार र सरोकारवालाहरुको वेवास्ताले पनि व्यापार व्यवसाय माथि उठ्न सकिरहेको छैन,बेला बेलामा स्थानीय सरकारले वजार अनुगमनको नाममा पनि व्यापारी र व्यवसायीलाई आतंकित र त्रसिद वनाउने गरेको आरोप सापकोटाले लगाउनु भएको छ ।

आन्तरिक राजस्व कार्यालयले पनि करको नाममा खुद्रा व्यवसायीलाई समेत भारी मात्रमा जरिवाना तिर्न पर्दा मारमा परेको उहाँले वताउनु भयो । उहाँले भन्नु भयो,राजस्व कार्यालयले गलत भएको खण्डमा व्यापारीलाई सच्चिने मौका पनि नदिई कार्वाही गर्छ,एकातिर व्यापार खस्कँदो छ,अर्को तिर राजस्वको आतंक ,स्थानीय सरकारको आतंक अनि व्यवसाय कसरी टिक्छ,यो सोचनीय अवस्था रहेको छ ।’

बैकको कारण पनि धरानका व्यापारीहरुलाई पहिलो समस्या भएको वताइएको छ ।एकातिर व्यापार व्यवसाय सन्चालनमा कठिनाई भएको भने अर्को तिर वैकलाई महिनामा व्याज समेत तिर्न नसक्दा वैकले जरीवाना असुल गर्ने गरेको व्यापारीहरुले वताएका छन् । आर्थिक मन्दि, व्यापार व्यवसाय सन्चालन नहुँनु र वैकको मार खेप्नु अनि राजस्व र स्थानीय सरकारले यहाँको व्यापार व्यवसाय माथि उठाउन वेवास्ता गर्नुले नै अव धरानको पुरानो व्यापारिक साख गिर्ने अवस्था पुगेको व्यापारिहरु वताउँछन्। 

यामाहा शो रुप धरान ८ का प्रोपाइटर प्रभाव खतिवडाले अहिलेको अवस्था व्यवसाय गर्नको निम्ति कठिनाई भएको वताउनु भएको छ । दैनिक १५ देखि २० वटा सम्म मोटरसाइकलको विक्री वितरण गर्ने यामाहा शो रुप धरानमा आज भोली दिनमा दुई वटा मोटरसाइकल विक्री हुन पनि मुस्किल परेको खतिवडाले वताउनु भएको छ । तर यो अवस्था सदैव नआउला भोलीको दिनको पखाईमा छौं,हरौ के हुन्छ यस्तै हो भने कठिन अवस्था रहेको खतिवडाको भनाई छ ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष विजय श्रेष्ठले धरानका व्यापारी व्यवसायीहरुको अवस्था संकटमा परेको वताउनु भएको छ । उहाँका अनुसार यहाँका नाम चलेका व्यापारीहरुले विकल्प खोज्नको लागि धरानलाई छोड्न थालि सकेका छन्,जस्ले गर्दा यही अवस्था रहने हो भने विस्तारी धरान रित्तो हुँदै जाँदैछ । उहाँले भन्नु भयो,व्यापार व्यवसायीको पसल वन्द धमाधम हुन थालेको छ, यो दशैं तिहारको झिनो आशामा छन्, सटर बन्द हुँदै गएको अवस्था छ ।

’भाडा समेत तिर्न नसकेपछि कसरी व्यापार व्यवसाय सन्चालन गर्न सकिन्छ,यो ठूलो चुनौतीको सवाल वनेको उहाँले बताउनु भयो । पहिलो कुरा त बैंकको मारमा परेका छन् अनि चौतर्फी नै व्यापार व्यवसायी निशाना वन्दै गएकाले पनि धरानको अवस्था टाट पल्टिने अवस्था आएको व्यापारीहरु वताउँछन् । 

प्पछिल्लो समय धरान बाहिर नकारात्मक हल्ला भएको कारण पनि त्यसको असर व्यापार व्यवसायमा परेको वताईएको छ । धरानमा बाहिरको मानिसहरु आउन रुचाउन छाडेका छन् । यहाँ आउने पर्यटकहरुले पनि धरानको व्यापार व्यवसायमा ठुलो सहयोग पुर्याएका थिए तर पछिल्लो समय धरान भित्र त्यस्तो केही नभएपनि नकरात्मक हल्ला र प्रचारले आजभोली पर्यटकहरु पनि छाडेको व्यवसायीहरु वताउँछन् ।

पर्यटन व्यवसायमा पनि प्रत्यक्ष असर पुगेको पर्यटन व्यवसायीहरु वताउँछन् ।