धरान ।  यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल विहीबार  धरानमा सार्वजनिक भएको छ ।

यमाहा कम्पनीको आधिकारिक बिक्रेता बिजयपुर ट्रेडर्स धरानको छाताचौक सोमबारे हाटमा धरान उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टंक बहादुर राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरेको हो ।

ppp  33

कम्पनीले यमाहाको नयाँ मोटरसाइकल एफजेड एफआई भी थ्री स्ट्यान्डर्ड सार्बजनिक गरेको छ । उक्त मोटरसाईकलको मोटरसाइकलको मुल्य ३ लाख ७९ हजार ९ सय रहेको छ । 

सोही मोटरसाइकल सार्बजनिक कार्यक्रममा ट्रेडर्सका प्रमुख प्रभाब खतिवडाले यामाहाले हरेक समय नयाँ नयाँ उत्पादन प्रस्तुत गर्न पाउँदा आफू निकै गौरवान्दित भएको बताउनु भयो  । म्येन्टिनेन्स म्यानेजर अमित कुमार झा मोटरसाइकलको बारेमा जानकारी दिनु भएको थियो । उहाका अनुसार जहाँ ट्राइड, टेस्टेड रट्रस्टेड एफआई इन्जहा,नवीनतम डबलडिस्क र उन्नत द्यक्ट इन्जिन टेक्नोलोजीको प्रयोग भएको छ । 

कम्पनीले एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्ने गरेक र एक बलियो १४९ सिसि एयर९कूल्ड फोर९स्ट्रोक सिंगल९सिलिन्ड र ब्लूकोर इन्जिनद्वारा संचालित रहेको समेत जानकारी दिनु भयो ।

उक्त गाडिको इन्जिनले यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी रहेको जसले औसत ४५।५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने गरेको कम्पनीको दाबी छ ।

ट्याकोमिटर, ओडोमिटर, सिंगलट्रिपमिटर, फ्युलइन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर९केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्नुका साथै यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७९स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा कुशलता पूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायीर नियन्त्रित सवारीको ग्यारेन्टी दिन्छ।

सुरक्षा सर्वोपरिका साथै एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दछ र राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा समेत बढाउँने कार्य गर्ने गरेको कम्पनीले जनाएको छ ।

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले यामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउएको र देशभरका सबै यामाहा डिलरहरूमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले गाडी खरीदमा लक्ष्की ड्र मार्फत १ लाखको छुट सुविधा, आइफोन १४,जापान जाने टुर लगायतको भाग्यशाली योजनाहरु ल्याएको प्रवन्ध निर्देशक खतिवडाले जानकारी दिएकाछन् । मेला असोज २४ गतेदेखि ३० गतेसम्म संचालन हुनेछ ।