काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितले  आज नेपाल–भारत सीमा क्षेत्रको अन्र्तगतको कालापानी  अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गर्नु भएको छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै भारतीय प्रधानमन्त्री मोदीले कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्नु  भएको हो ।

उहाले आज बिहान साढे ९ बजे नेपाली सीमाभित्र रहेका गुन्जीका सात गाउँ गुन्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी को भ्रमण गरेको बताइएको छ ।सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि छलफल गर्नु भएको थियो  । प्रधानमन्त्री मोदीसँगै उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि सहभागि हुनु हुन्छ ।

मोदीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा धार्मिक क्षेत्रको दर्शन गर्दा नेपाल सरकारले भने यसबारेमा कुनै जानकारी दिएको छैन् ।