विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले काेशी प्रदेशमा राजनितिक संकट गहिरिएकाे बताउनु भएकाे छ ।

कांग्रेसले याे संकटलाइ सल्टाउन नचाहेकाे प्रति उहाँले आलाेचना समेत गर्नु भएकाे छ ।

बुधबार विराटनगरमा प्रेस चाैतारी नेपाल माेरङले आयाेजना गरेकाे  जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा उहाँले कांग्रेसले काेशी प्रदेश सरकारकाे नेतृत्वका लागि हैसियत नै नराखेकाे बताउनु भएकाे छ । 'हामीले २९ सिट लिएर आउनुहाेस । सरकारकाे नेतृत्व गर्नुहाेस भनेकाे तर खुट्टा कमाई रहेकाे छ ।'

राष्ट्रिय हित अखण्डता जाेगाउन जिम्मेवार दल क्रियाशिल हुनु पर्ने उहाँले बताउनु भयाे ।

received_704295311159248

राजनितिक अस्थिरतले दलहरू आलाेचित भएकाे स्मरण गराउदै पटक पटक सरकार बन्ने ढल्ने घट्नाले जनतालाई निरास बनाएकाे छ उहाँकाे भनाई थियाे ।

'धारा १६८(५) अनुसार सरकार गठन आवहान भएकाे छ ।  याे दलहरूलाई इग्नाेर गरेर गएकाे अवस्था हाे । अस्थिरताकाे जिम्मेवार कांग्रेस हाे । सच्चिन आग्रह गर्दछु । गठबन्धनकने सरकार चलाेस । जिम्मेवार बनाेस। जनताले दुःख नपाउन भन्ने चाहान्छु ।'- उहाँले भन्नू भयाे ।

कार्यक्रममा  वातावरण क्षेत्रमा विज्ञ पत्रकार रामचन्द्र अधिकारीलाई  नगद १५ हजारसहित पुरस्कृत गरिएकाे छ । मुख्यमन्त्री, चाैतारी सचिव विक्रम लुइटेललगायतले अधिकारीलाई पुरस्कार प्रदान गर्नु भएकाे छ । कार्यक्रममा सचिव लुइटेल र पत्रकार महासंघ काेशी प्रदेशका सचिव देवेन्द्र कार्कीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम प्रेस चाैतारी माेरङका अध्यक्ष सुदिप काेइरालाकाे अध्यक्षतामा भएकाे थियाे ।

received_338079245365909