धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ७७ जना चिकित्सकले स्वास्थ्य मन्त्रीलाई सामूहिक राजिनामा बुझाएका छन् ।

नन् मेडिकल कर्मचारीको १५ वर्षदेखि र चिकित्सकहरुको करिब ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरुले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका छन् ।  चिकित्सकहरुले स्वास्थ्यमन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासोसहित मंगलबार ज्ञापनपत्र बुझाएका थिए । पदाधिकारीहरूलाई नै बचाउने  चिकित्सकहरूकाे समस्याबारे जिम्मेवार नदेखिएकाले राजिनामा बुझाएकाे डा. मधुर बस्नेतले जानकारी दिनु भयाे ।
कुलपति सकरात्मक- चिकित्सक
स्वास्य्य मन्त्रीबाट निरास भएका चिकित्सकहरूले बुधबार साँझ प्रधानमन्त्री एंव प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले सबै प्रक्रिया पूरा गरेर चिकित्सकहरूकाे समस्या समाधान गर्न निर्देशन दिनु भएकाे छ ।  प्रधानमन्त्री दाहालले लाेकसेवा आयाेग र प्रक्रिया मिलाउन आजै निर्देशन दिनु भएकाे बताइएकाे छ ।
'कुलपति ज्युले हामीलाई सान्ताेना दिनु भएकाे छ । अब २४ घण्टा भित्र हाम्राे मागलाई सम्बाेधन पदाधिकारीहरूले गरे पछि मात्र काममा फर्कन्छाै ।'-डा. बस्नेतले भन्नू भयाे-  'राजिनामा गरिसकेकाले त्यतिकै फर्कने कुरा हुदैन ।'

उनीहरुले प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयतामात्र ५० भन्दा बढी दक्ष चिकित्सकहरुले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठानपाठनमा असर परेको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।