इलाम । भारतको सिक्किममा आएको बाढीमा  परेर इलाम जिल्लाका १० जना बेपत्ता भएको  आशङ्का  छ । इलाम नगरपालिका(९ का उनीहरु सिक्किममा बाढी आएको दिन असोज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

बेपत्ता हुनेहरुमा  इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।  उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खोजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएको बताउनु भएको छ । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएको र उनीहरुको खोजीका लागि समस्या भएको उहाँले बताउनु भयो । उहाँले बेपत्ताहरुको खोजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेको जानकारी दिनुभयो ।