धरान  / धरानस्थित वराह ग्रुप अफ कम्पनीका कर्मचारी बराह ज्वेलरीमा कार्यरत एक कर्मचारी चेक बाउन्स(चेक अनादर र बिगो) मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नक्खिपोटमा बसिरहेको अवस्थामा उपत्यका प्रहरीले आइतबार  साँझ सोराज लामिछाने(अमरबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।  बराह ग्रुप डुवे पछि उहाँ नयाँ वानेश्वरमा बहिनीको नाममा ज्वेलरी सन्चालन गरेरबसिरहेको बताइएको छ । उहाँलाई ३० लाख रुपैयाँ चेक अनादर गरेको आरोपमा पक्राउ गरिएको हो ।

सुनसरी जिल्ला अदालतले गत असोज २० गते ०७९ असार ९ देखि  चेकबमोजिमको रकम प्रतिवादीबाट ब्याजसहित भराउन फैसला गरेको चेक अनादर मुद्दाका पीडित खगेन्द्रबहदुर नेपालीले बताउनु भएको छ । नेपालीले एक बर्ष अघि उहाँ विरुद्ध मेद्धा दर्ता गराउनु भएको थियो ।

प्रतिवादीलाई दुई वर्ष कैदमा राखी पाऊँ भनी तामेल भएको मुद्दामासमेत प्रतिवादी विश्वकर्मा म्यादभित्र अदालतमा उपस्थित नभएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६५ (८) बमोजिम प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गर्न प्रहरीलाई निर्देशन दिइएको थियो ।