धरान/ प्रदेश नम्वर १ को सभामुखका लागि धरानका प्रदीप भण्डारीलाई सर्व सम्मत रुपले एमालले चयन गरेको छ । संसदीय दलको वैठकले भण्डारीलाई सर्व सम्मतले चयन गरेको हो । सुनसरी क्षेत्र नम्वर १ “क” बाट प्रदेश सभा निर्वाचनमा भण्डारी विजयी भएका थिए । प्रदेशसभा – १ मा सभामुखका लागि आज (आइतबार) उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज रहेका थिए । उनले शिक्षा सदन मावि धरानमा शिक्षण पेशाबाट ४ वर्ष अघि मात्रै अवकास लिएका थिए । एमाले सचिव भीम आचार्य र संसदीय दलको नेता शेरधन राईबीच भण्डारीलाई सभामुखको उम्मेदवार बनाउने सहमति भएको जनाइएको छ ।