काठमाण्डौ । इजरायलको युद्धग्रस्त क्षेत्रमा अलपत्र परेका नेपाली विद्यार्थीले आफूहरुलाई उद्धारको लागि अपिल गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेर उद्धार गरिदिनको लागि आग्रह गरेका छन् । ।

कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई अहिले इजरायलमा रहेका सुरज भण्डारीले नेपाल फर्कने वातावरण बनाइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई पत्र लेख्नुभएको हो ।उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्र लेख्दै सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्नुभएको छ ।

उहाँ कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल जानुभएको हो । कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको तथ्याँक छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जना विद्यार्थीको ज्यान गएको पुष्टि भैसकेको छ ।

फायल तस्वीर