धरान । उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान –१० ले आफ्नो ११ औँ वार्षिक साधारणसभाको अवसरमा संस्थागत आय व्यय सहित धरानका पत्रकार मनिता चाम्लिङ राईलाई आज सम्मान गरेको छ  ।

2

दिब्यरोशनी साप्ताहिकका प्रधान सम्पादक एवम् प्रकाशक समेत रहनु भएको चाम्लिङ राई कार्यक्रमका प्रमुख अतिथी आइन्द्र विक्रम वेघाको हातबाट  नगद १० हजार ५ रुपैयाँ सहित सम्मान पत्रले सम्मानित हुनु भएको हो । उहाँलाई   पत्रकारिताको माध्यमद्धारा सहकारी क्षेत्रको विकास र समाज परिवर्तनमा खेलेको भुृमिकाको उच्च मुल्याँकन गर्दै सम्मान गरेको छ ।

3

त्यसैगरि संस्थाले उत्कृष्ट कर्मचारी,असल ऋणी ,उत्कृष्ट वचत कर्ता सहित ३० जनालाई सम्मान समेत गरेको छ । साधारणसभामा संस्थाका उपाध्यक्ष सिंह वहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत गनु भएको थियो ।उक्त  प्रतिवेदनमा आर्थिक वर्ष २०७९ ।८० मा खुद बचत ४३ लाख ६४ हजार ३ सय ४१ रुपैयाँ १ पैसा भएको जानकारी दिनु भयो । सहकारीले आर्थिक वर्ष २०७९ ।८० मा १ अर्ब ३९ करोड ११ लाख ८० हजार ९ सय ३ रुपैयाँ ३४ पैसा कुल कारोबार गरेको बताइएको छ ।

उधमशिल सहकारीले आर्थिक वर्ष २०७९ ।८० को अन्त्यमा कर्जाबाट ब्याय आम्दानी ४ करोड ३६ लाख ८८ हजार ७ सय ७९ रुपैयाँ २२ बैंकबाट ब्याज आम्दानी ५७ लाख ८४ हजार ५ सय ६ रुपैया ६३ पैसा रेमिट्यान्स बाट ८ लाख ६ हजार ७ सय ८१ शेयर लगानीबाट ७ लाख ८२ हजार ४० रुपैया र अन्य आम्दानी ७६ लाख ६४ हजार १ सय ८३ रुपैया ९५ पैसा समेत गरि कुल आम्दानी ५ करोड ८६ लाख ८६ हजार २ सय ९० रुपैया ८० पैसा आर्जन गर्न सफल भएको छ ।

सहकारीको गत बर्षको अन्त सम्ममा कुल शेयर पुजि ५ करोड २ लाख २४ हजार ४ सय रहेकोमा यस बर्ष उक्त सेयर पुजि ४.७३ प्रतिशतले वृद्धि भई ५ करोड २६ लाख १ हजार १ सय बनाउन सफल भएको छ भने कुल सेयर सदस्यहरु ४ हजार ४६ बनाउन सफल भएको छ । जहाँ महिला सदस्य २ हजार ८४ जना महिला र १९ सय ६२ जना पुरुष रहेको सहकारी संथाका कार्यकारी प्रमुख जित बहादुर राउतले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो।‘सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकम,बचतमा वृद्धि गर्नुका साथै ऋण लगानीमा ८२.५८ प्रतिशत र ऋण असुलीमा ५८.६ प्रतिशतले बृद्धिका साथै कोष रकममा समेत वृद्धि गर्न सफल भएको छ।’कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, धरान वडा न १० का वडा अध्यक्ष बिबेक राई, वडा नम्बर १८ का प्रवीण राई , जिल्ला सहकारी संघ सुनसरी दिनेश कुमार श्रेष्ठ लगायतको विशेष आतिथ्यता रहेको थियो ।