धरान । धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकास राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईसहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । 

प्रतिनिधि मण्डलको अगुवाइ गर्दै पुग्नु भएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहाली पहिलो सर्त हो यदी विदाइ गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरुलाई न्यायोचित अनुदान दिएर विदाइ गर्नु पर्ने सुझाउनु भयाे ।

घण्टाघरमा मालीको काम गर्दै आउनु भएका नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकास राई २०७२ साउन १३ गतेदेखि सेवा गर्दै आउनु भएकाे थियाे । उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै विदाइ कुनैपनि क्षतिपूर्ति नदिइ निष्कासन गरेको थियो । 

सो विषयमा साम्पाङलाई तीनवटै ट्रेड युनियनहरुको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएपछि भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरुको उपस्थितिमा सहमति भएको थियो ।  सहमति अनुसार निकालिएका मालीहरुलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरुप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो । 

तर, असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा मजदुरहरुलाई अनुदान दिने विषयमा कुनै निर्णय नभएपछि मेयरलाई भेटेर तत्काल यस विषयमा ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्द नभएकाले निर्णय गर्न नसकिएको बताउनु भएकाे थियाे । घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आइनसकेको, अन्य पैसा समेत कहाँ गयो भन्ने टुंगो नभएको बताउदै समितिले राखेको त्यही पैसाबाट मजदुरहरुलाई अनुदान सहयोग गर्नु पर्छ नगर प्रमुखले बताउनु भयाे । उहाँले भन्नु भयाे, ' त्यो पैसा खोज्न मलाई सहयोग गर्नुस ।'

कार्यपालिका बैठकमा भने मेयरले एक महिनाकाे सेवा सुविधा दिएर विदा गर्ने प्रस्ताव ल्याए पछि कार्यपालिकामा विवाद भएकाे थियाे ।

received_1695117937668497