धरान ।  धरान–८ स्थित लाङ्घाली चोकमा आज बिहान माल बाहक ट्रक र स्कुटर एक आपसमा ठोक्किएर स्कुटरमा सवारको मृत्यु भएको छ । लाङ्घाली चोकमा धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र इटहरीबाट धरान आउँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान करिब साढे सात बजे मृत्यु भएको थियो ।स्कुटरमा सवार रहेका धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई गंभीर  घाइते हुनु भएको छ । उहाँको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका–६ बस्ने ३० वर्षीय चन्द्रप्रसाद राईलाई नियन्त्रणमा लिएको छ ।