धरान  / धरानस्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, शिक्षकहरुको खाइपाई आएको सेवा सुविधा कटौती र वृत्ति विकासका कार्यक्रम रोकिएकोमा नेपाल चिकित्सक संघ धरानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।      

करिव ७ बर्ष  पछि खोलिएको बढुवा प्रक्रिया पनि पदाधिकारीहरुले लोक सेवा आयोगलाई देखाउदैं स्थगन गरिएको प्रति चिकित्सक संघले निन्दा गरेको छ ।      विहीबार संघका अध्यक्ष् डा. रोसनप्रसाद शाह ककलवार र सहसचिव डा. देवराज घिमिरेले विज्ञप्ति जारी गरि चिकित्सक तथा शिक्षकहरुको बढुवा प्रक्रिया अभिललम्ब सुरु गर्न आग्रह गर्नु भएको छ । विभिन्न बहानामा कटौति गरिएका सेवा सुविधाहरु पनि तत्काल प्रदान गर्न विज्ञप्तिमा भनिएको छ । संघले गराएको ध्यानाकर्षणलाई बेवास्ता गरे संघको नेतृत्वमा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।   

केही दिन अघि शिक्षक कल्याण समाजसँग प्रतिष्ठान प्रशासनले प्रक्रिया सुरु गर्ने प्रतिवद्धता गरे पनि सुरु गरेको छैन् । तत्कालिन निमित्त उपकुलपति प्राडा. सञ्जीवकुमार शर्माले बढुवा प्रक्रिया सुरु भए पनि कामु उपकुलपति प्राडा. प्रल्हाद कार्की आउनु भए पछि बढुवाको अन्तर्वार्ता प्रक्रिया रोकिए पछि चिकित्सक र शिक्षकहरु निराश हुदैं आएका छन् । विगतमा प्रत्येक तीन बर्षमा आन्तरिक बढुवा हुदैं आएको थियो । तर हाल पदाधिकारीहरुको स्वार्थमा प्रशासनले विविध कारण देखाउदैं ७ बर्षदेखि आन्तरिक बढुवा रोकिएको छ । सेवा सुविधा कटौती तथा बढुवा रोकिए पछि विशेषज्ञ चिकित्सकहरुको पलायन बढेको छ । पछिल्लो समय ५० भन्दा बढि विशेषज्ञ चिकित्सकहरु प्रतिष्ठान छाडेर अन्यत्र जानु भएको प्रतिष्ठानको रेर्कडमा उल्लेख छ । बढुवा रोकिदा प्राध्यापकको समेत अभाव भएको छ । प्राध्यापकको अभाव हुदा विद्यार्थी अध्ययन कोटामा समेत असर गर्छ ।