धरान । उद्योग व्यवसायहरुको संगठन  नेपाल उद्योग व्यवसायी महासंघ सुनसरीमा नयाँ नेतृत्व चयन भएको छ । 

भखरै सम्पन्न भएको जिल्ला अधिवेशनबाट काजी गिरी(धरान)को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । 

अधिवेशनले उपाध्यक्षमा उमानाथ दाहाल इटहरी,सचिव दुण्डिराज गुराँगाई,उप सचिव हरि कार्की धरान, रामधुनीका दुर्गा फुयल, कोषाध्यक्ष अनिता तिम्सिना(इटहरी) , र सह कोषाध्यक्ष मनिता गुरुङ (धरान)लाई चयन गरिएको छ । 

त्यसैगरि सदस्यहरुमा लिला राई , जीपी तिवारी,दिपक पोख्रेल,प्रमिला प्रधान,सीताराम आचार्य,अमित अग्रहरी,लक्ष्मी प्रसाद भट्टराई लगायत २९ सदस्यीय जिल्ला महासंघ गठन भएको हो । खाली रहेका पदहरुमा जिल्ला महासंघको बैठकले पुर्ण गर्ने पनि जनाइएको छ ।