काठमाडौं / मुलुकमा उछृंखल तथा अराजक गतिविधि वढ्न थालेपछि सरकारले नेपाली सेनालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको छ।

बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाकाे परिचालन गर्नु पर्ने अवस्था आउने भन्दै तलैसम्मका युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो 

राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेनालाई जुनसुकै बेला परिचालन हुने गरी तयारी अवस्थामा रहन भनेको छ।

केही समय अगाडी सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जसहितका स्थानमा धार्मिक सद्भाव खलवलीने गरि भएकाे गतिविधीलाई मध्यनजर गरेर सरकारले सेनालाई अर्लट गराएकाे हाे । 

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव बढेपछि कर्फ्यु लगाइएकाे छ । त्यहाँको तनाव रोक्न मंगलबारदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली परिचालन गरिएको छ।

सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी सहभागी रहनु भएकाे थियाे ।