विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छन् । 

नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलाीको उपस्थितिमा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । उहाँहरुलाई अध्यक्ष ओलीले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । 

एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । १४  बर्ष अघि ढकालले खतिवडालाई जिल्ला अध्यक्षमा पराजित गर्नु भएको थियो । 

खतिवडाले ५१२ मत पाएर विजयी हुनु भएको थियो । ढकालले  ४३० मत पाउनु भएको थियो । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनु भएको थियो । 

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित हुनु भएको थियो । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचन भएको छ ।