धरान । धरान –१५ स्थित हिविसकस इङलिस बार्डिङ स्कुलले‘ नगर स्तरीय ‘हिविसकस क्विज मेनिया सिजन –२’ गर्ने भएको छ । 

 उक्त प्रतियोगिताको बारेमा  पौष १३ र १४ गते  हुने भएको पत्रकार  सम्मेलन गरेर जानकारी दिएको छ  ।गत बर्षबाट सुरु भएको धरानभरीका अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिताको निरन्तरता स्वरुप‘‘हिविसकस क्विज मेनिया सिजन –२’ आयोजना गर्न लागिएको डाइरेक्टर गंंगाराम राईले पत्रकार सम्मेलनमा वताउनु भएको छ  ।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उदेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको जनाइएको छ । 

धरान भरीका नीजि तथा सरकारी विद्यालय सहित प्रतियोगितामा सहभागी हुन पाउने छन् ।विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता गत सालदेखि गर्न थालेको स्कुलका डाइरेक्टर राईले जानकारी दिनु भएको छ ।

 प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो र पाचौं हुने विजेताहरुलाई क्रमस १२ हजार र ट्रफि मेडल,प्रमाण पत्र , १० हजार, मेडल प्रमाण पत्र ८ हजार मेडल प्रमाण पत्र, ६ हजार मेडल प्रमाण पत्र, ४ हजार मेडल प्रमाण पत्र प्रदान गरिने भएको छ ।

पौष १३ र १४ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयबाट कक्षा ८ देखी १२ सम्मका ३ जना विद्यार्थी त्यसमा एक जना महिला अनिवार्य हुने गरी सहभागी गराउनु पर्ने छ ।  गत वर्ष जम्मा ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरिएको स्कुलका सल्लाहकार पवन झाले  वताउनु भएको छ ।