धरान /  नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि  भएको २४ घण्टा नपुग्दै मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ । केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि गर्ने नेपाल आयल निगमको निर्णय कार्यान्वयन नगरी पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य निर्धारण गर्ने निर्णय गरेको महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्यले जानकारी दिनुभएको छ । 

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरी खरिद मूल्यमा निश्चित प्रतिशत मुनाफा राखि मूल्य समायोजन गर्दै आएको थियो । त्यस क्रममा शनिबार रातिबाट लागु हुने गरी निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ, डिजेल र मट्टिटेलमा ६ रुपैयाँ तथा पेट्रोलमा २ रुपैयाँका दरले मूल्य बढाएको थियो ।

चाडबाडको मुखमा पेट्रोलियमको मूल्यवृद्धि भएृपछि सरकारको चौतर्फि आलोचना भएको थियो । युवा तथा विद्यार्थीहरु संगठनहरुले आन्दोलनको घेषणा गरेका थिए ।