धरान  / जिल्ला बास्केटवल संघको पाचौं जिल्ला अधिवेशनवाट नारायण सुवेदी पुन दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।  वुधवार समपन्न पाचौ अधिवेशनवाट सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको हो । 

सुवेदीको नेतृत्वमा उपाध्यक्षमा विवेक राई, सचिव विकास चाम्लिङ राई, सहसचिवमा युगल लिम्वु र कोषाध्यक्षमा डा.आशा राई निर्वाचित हुनु भएको छ । 

यसैगरी सदस्यहरुमा विकाश वनेपाली, रेखा गुरुङ, गौरवमान श्रेष्ठ, रन्जित लिम्वु, रविन गुरुङ, आस्था राई, नुप राई, चिरन्जिवि गिरि, अधिप श्रेष्ठ र वृजेस तामाङ चुनिनु भएको छ । 

अधिवेशनको उद्घाटन कोशी प्रदेश खेलकुद विकास वोर्डका सदस्य रोशनी राईले गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश बास्केटवल संघका उपाध्यक्ष रोशन राई, सुनसरी जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख यादव कार्की, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, युवा नेता दिपक वनेपालि, संचारकर्मी रामकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो । 

उद्घाटन सत्रमा कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले संगठनले अहिलेसम्म गरेको कार्य र आगामी योजनाको विषयमा जानकारी गराउनु भएको थियो । अध्यक्ष सुवेदी र सचिव राईको यो दोश्रो कार्यकाल हो ।