इटहरी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विस्तारका लागि तीन महिने कार्यथलो अभियानको शुभारम्भ गरेको छ । मंगलबार इटहरीमा प्रदेश भरीका अगुवा नेता कार्यकर्ताहरुको भेला मार्फत कार्यक्रमको शुभारम्भ गरेको हो । 

y  1

प्रदेशभरीका ४३ वटा कमिटीबाट अध्यक्ष सचिवहरुको उपस्थितिमा भएको भेलाले आगामी मंसिर ३० गतेसम्मका लागि कार्यक्रमको तय गरेकोछ । कोशी प्रदेशका १४ वटै जिल्ला र पालिकाहरुमा संगठनका केन्द्रीय नेताहरु केन्द्रीय प्रतिनिधि र प्रदेशका नेताहरु प्रदेश अभियन्ताका रुपमा मजदुरले काम गर्ने स्थानमै पुगेर संगठनको सदस्यता विस्तार, नविकरण, कार्यथलोका समस्याहरुको संकलन र संगठन र नेतृत्वबीच हुने विवादहरुको समाधान गर्दै रुट रुटमै कमिटीहरु गठन गरिने संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भयो  । 

381738480_1411409009719044_6685376671461927606_n

तीन महिने अभियानको अवधारणा र निर्देशिका जारी गर्दै अभियानले सदस्यता विस्तार र नविकरण मार्फत कार्यथलोमा सदस्य र कमिटी वृद्धि हुने, सदस्यता र कमिटीको वास्तविक विवरण प्राप्त हुन, तल्लो तहका नेतृत्वमा संगठनका आधारभूत ज्ञान बारे जानकारी हुने, कार्यथलोका श्रमिकका समस्याको पहिचान र समाधान हुने, नेतृत्वबीचको अन्तरविरोध र विवादहरुको समाधान हुने लक्ष्य राखिएकोछ ।

त्यस्तै तल्लो कमिटी र माथिल्लो कमिटीबीचको अन्तर्विरोध समाधान हुने, केन्द्रीय नेतृत्व, इन्चार्जको भूमिकाका बारे स्पष्टता हुने, वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने, सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान हुने, श्रमिकको समस्या र सरोकारका विषयमा संगठन केन्द्रीत हुने र एकताबद्ध, अनुशासित नेतृत्व एवम् श्रम आन्दोलन बलियो हुने अपेक्षा गरिएको अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा जिफन्टका कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जिफन्ट र संगठनबीचको सम्बन्ध बारे राख्नु भएको थियो । संगठन कोशी प्रदेश अध्यक्ष गौरीशंक लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश घिमिरेले गर्नु भएको थियो ।