धरान । नेपाल लोकतान्त्रिक किरात राई संघको सुनसरी जिल्ला भेलाले ओम सुचा राईको संयोजकत्वमा ४५ सदस्यीय सुनसरी जिल्ला तदर्थ कमिटी गठन गरेकोछ । बुधबार नेकपा (एमाले) धरान उपमहानगर कमिटी कार्यालयमा भएको भेलाले जिल्ला तदर्थ कमिटी गठन गरेको हो । 

कमिटीको सहसंयोजकमा हरी राई र मधु राई सचिवमा अमर राई, सहसचिवहरुमा रोगेन्द्र राई र शैलेन्द्र राई तथा कोषाध्यक्षमा बिना राई  छानिनु भएको छ । 

लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज मौसम राईको प्रमुख आतिथ्यतामा भएको भेलाको विशेष अतिथि नेपाल लोकतान्त्रिक किरात संघका अध्यक्ष सर्वधन राई रहेको थियो भेलाले ६ महिनाभीत्र अधिवेशन गर्ने गरि नयाँ नेतृत्व चयन गरेको हो । 

नेकपा एमालेको जन संगठनका रुपमा २०६३ सालमा स्थापित नेपाल लोकतान्त्रिक किरात राई संघले कोशी प्रदेशका सबै जिल्लाहरुमा कमिटी विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको संघका केन्द्रीय अध्यक्ष सर्वधन राईले बताउनु भयाे  ।