ल्हासा ।चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज छोङ्छिङ्बाट ल्हासा पुग्नु भएको छ ।

सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण हुनुभएको हो । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको बताइएको छ । 

कार्यक्रमको सुची अनुसार आज साँझ प्रम प्रचण्डसँग चीनिया कम्युनिस्ट पार्टी सिचाङ(तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ । सचिव वाङले प्रम प्रचण्डको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नुहुने छ ।

चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रम प्रचण्डले ल्हासाको भ्रमण गर्नुभएको हो । तिब्बतमा रहदा प्रम प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

उहाँले भेटघाटलाई तिव्र बनाउनु भएको छ ।