धरान । विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले उपचार पाउनको लागि सास्ती भोग्नु परेको छ । 

पोखराको मणिपालमा अस्पतालमा डाक्टरमाथि भएको हातपातको विरोमा प्रतिष्ठान चिकित्सकहरु आन्दोलित भएपछि विरामीले सास्ती भोग्नु परेको हो । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भएका हुन् । तर विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीलाई समस्या भएको छ ।

डाक्टरहरू आन्दोलनमा उत्रिएपछि उपचारका लागि प्रतिष्ठान आएका बिरामीहरू अलपत्र परेका छन् । प्रतिष्ठानको गाइनो इमर्जेन्सी, बच्चा इमर्जेन्सी, ओपिडी र वार्डमा जुनियर रेसिडेन्टहरु नहुँदा बिरामीहरूको उपचारमा कठिनाइ भएको छ । 

सोमबार लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि मृतकका आफन्तसहितको भिडले डाक्टरले लापरबाही गरेको भन्दै  हातपात गरेका थिए । 

वी पी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष अच्युत न्यौपानेका अनुसार आकस्मिक रुपमा आन्दोलन गर्नु परेको वताउनु भएको छ । उहाँले  भन्नु भयो , हामी प्राय इमर्जेन्सीमै असुरक्षित हुन्छौ ,हामीलाई सुरक्षा छैन, विरामीको जीवन रक्षाको निम्ति हामी नै असुरक्षित भएपछि पछि विरामीको उपचार कसरी गर्नु त ?

उहाँका अनुसार केन्द्रीय  सङ्घर्ष समितिले अघि सारेका मागहरू पुरा नभएसम्म आवासीय चिकित्सकहरू काममा नफर्कने पनि बताउनु भएको छ ।।