धरान । सुजुकी मोटरसाईकल तथा स्कुटर खरिदमा  ग्राहक वर्गलाई लक्षित गरेर  दशैं तिहार तथा छठको स्किम ल्याएको छ । 

नेपालको लागि आधिकारीक आयत कर्ता तथा बिक्रेता भि.जि. अटो मोबाईल्स प्रा.लि.ले आफ्ना ग्राहक बर्गहरुको लागि दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ”बाँडौ खुशी चढौं सुजुकी” स्किम बजारमा ल्याएको हो । धरानको लागि सुजुकीको आधिकारिक  विक्रेता नव दुर्गा अटो  प्यालेस धरान –८ ले ग्राहक वर्गको लागि स्किम सहित मोटरसाइकल तथा स्कुटर विक्रि वितरण गर्ने प्यालेसका सन्चालक दुर्गा भुजेलले वताउनु भएको छ । यो स्किम दशै, तिहार र छठ पर्व सम्म रहने भएको छ ।  यो सुविधा देशैभर नै सुजुकीले दिने भएको छ ।

सञ्चालक भुजेलका अनुसार  सुजुकीले ल्याएको ”बाँडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा     रु १०,०००।– पक्का छुट वा कुनै पनि सुजुकी ब्राण्डको  पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा रु १५,०००। र  अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकर्गहरुले  वजार मुल्य भन्दा  १५,०००।  थप मुल्याङ्गकन प्राप्त गर्न सक्नुहुनेछ । अथवा  )% फाइनान्सको सुबिधाका साथै एक बर्ष Road Tax Free  हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने भएको छ ।

यो स्किम दशै, तिहार तथा छठको लागि लागु गराएको कुरा कम्पनीले जनाएको छ ।  इन्जिनका साथै SEP Technology, Power, Style, Comfort, ५ बर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहाकबर्गहरुको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।