झापा । झापामा डेंगी सङ्क्रमितको दर बढेको छ । असोज ७ गतेसम्मको तथ्याङ्क अनुसार झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार २ पुगेको जिल्ला जनस्वास्स्थ्य कार्यालयले जनाएको छ । ९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगीको संक्रमण देखिएको जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सङ्ख्या परीक्षणको करिब ३१ प्रतिशत हो ।

कार्यालयका अनुसार १५१ जना डेंगी संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने धेरै बिरामी घरमै उपचाररत छन् । 

अन्य जिल्लामा कम हुँदै गए पनि झापामा डेंगी संक्रमण अझ बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस वर्ष डेंगी सङ्क्रमणबाट झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।