विराटनगर । कोशी प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ ।  सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नियुक्त गर्नु भएकाे थप चार जना मन्त्रीले सोमबार शपथ लिनु भएकाे छ । 

मोरङबाट निर्वाचित प्रदेश सांसद  लिलावल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, धनकुटाका निरन राई र  सुनसरीका राप्रसाद मेहतालाई मन्त्री नियुक्त गर्नु भएकाे हाे । अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, राजभण्डारीलाई खानेपानी, सिचाइ, तथा उर्जा मन्त्री,  महतोलाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्री र राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे । नियुक्त भएका मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे ।

एमाले नेता तिलकुमार मेन्याङबोले यसअघि दुई वटा मन्त्रालयको जिम्मेवारी लिनु भएकाे थियाे । पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्य मन्त्री नियुक्त गरिएकाे थियाे । 

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय  आफैसँग राख्नु भएकाे छ ।