धरान । ग्रामीण भेगका जनतालाई वित्तिय क्षेत्रको आर्थिक सुधारका निम्ति क्रियाशील  निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान ६ पानबारीको  १४औ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । 

382593254_3543658292590649_2548587731218797460_n

कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साधारण सभाले शिव कटवालको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । नयाँ कार्य समितीको उपाध्यक्षमा विश्वराज कार्की सहित सदस्यहरुमा  भूवन सिं बस्नेत ,नेत्र ब भूजेल,जित ब. राई,देवी बस्नेत,सीता कला खड्का चयन हुनु भएको छ ।

त्यसैगरि साधारण सभाले लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक  मञ्जु भुजेललाई चयन गरेको छ भने सदस्यहरु नरेन्द्र बास्तोला,गंगा ब.श्रेष्ठलाई चयन गरेको छ ।निशान वचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान ६ पानबारी २०६६ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि कार्यभार सम्हालेर आउनु भएको अध्यक्ष चन्द्र बहादुर सुुवेदीले सहकारीलाई नेतृत्व दिनु भएको थियो ।

१४ औं साधारण सभाबाट निर्वाचित हुनु भएका शिव कटवाल यस अघि उक्त सहकारीको उपाध्यक्ष पदमा रहनु भएको थियो भने  तीन कार्यकाल लेखा समिती संयोजक भएर काम गर्नु भएको हो । १४ औं साधारण सभामा सहकारीको आर्थिक कारोबार १० करोड ८९ लाख ४७ हजार २ सय ६२ रुपैंया ४३ पैसा प्रस्तुत गरिएको थियो । हाल उक्त सहकारीमा १ हजार ९ सय ८३ जना सदस्यहरु रहेका छन् ।  

नव निर्वाचित अध्यक्ष कटवालले सहकारीको विकास र उन्नतीको निम्ति सेयर सदस्य बृद्धि गर्ने,सहकारीमा बचत गर्ने बानीको विकासलाई बढाएर लैजाने र क्षेत्र विस्तार गर्ने योजना रहेको वताउनु भएको छ । उक्त सहकारीको क्षेत्र धरान वडा नम्बर ५,६ र ४ नम्बर वडा भएकाले अव वडा नम्बर ४ मा पनि सेवा विस्तार अघि वढाउने योजना रहेको कटवालको भनाई छ ।