सप्तकोसी /रक्तमाला नमुना सामुदायिक बन उपभोक्ता समुहको  २४  औं बार्षिक   साधारणसभा शनिबार  सम्पन्न भएको छ।   

           सप्तरीको सप्तकोसी नगरपालिका वडा न १ मा रहेको  ९ सय ५४ उपभोक्ता रहेको सामुदायिक बनले आफ्नो २४ औं बार्षिक साधारणसभा मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री रमेशप्रसाद कुर्मीले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएकाे थियाे। 

२०५२ सालमा स्थापना भएको सामुदायिक बनले उपभोक्ताका जीबनस्तर  उकास्नको लागि रेशम खेती फलफुल बगैंचा ,बास बेतको फर्निचर उधोग,आफ्नो कार्य क्षेत्रमा पर्ने बाटो घाटो निर्माण गरि  सामाजिक  उतरदायित्व बहन गरेको सामुदायिक बनको  आ.ब.२०७९/०८० को   ५९ लाख ३० हजार ५ सय १२ रुपैया  बराबरको आय-ब्याय प्रस्तुत गरेको छ।

सस्थालेले उपभोक्ताहरुको जीवनस्तर उकास्ने उदेश्य राखी उन्नत जातको पशु बितरण गर्ने बास बेतको दुना टपराको उधोग संचालन गरि गरिबी निबारणमा पहल गर्ने ,सामुदायिक बन संरक्षणका साथै पर्यापर्यटनलाई प्राथमिकता मा राखि जुटपानी र अमाहामा  पोखरी निर्माण पिक्निक स्पोर्ट, मिनि चिडियाखाना जुटपानीमा आन्तरिक र बाहिय पर्यटक भित्राउन पर्यटकीय स्थलको रुपमा बिकास गर्ने साबको आब ०८०/०८१ को योजनामा रहेको सामुदायिक बनका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले जानकारी दिनु भयाे।  'हरियो बन नेपालको धन' भन्ने मुल नाराका साथ आयोजना गरिएको साधारण सभा सामुदायिक बनका   अध्यक्ष  इन्द्रप्रसाद लुइँटेलको अध्यक्षतामा र मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री रमेशप्रसाद कुर्मिको  प्रमुख आतिथ्यतामा  सम्पन्न भएको थियो।

साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्रीले  भने   सामाजिक तथा आर्थिक रुपान्तरणमा सामुदायिक बनको  अहम भूमिका निर्वाह गरेको बताउनु भएकाे छ। कार्यक्रममा बोल्दै डिभिजन  अधिकृत हेमन्तप्रसाद शाहले बन संरक्षणको क्षेत्रमा रक्तमाला साबले   महत्त्वपूर्ण   योगदान दिएको बताउनु भयाे  ।  कार्यक्रम सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल कन्चरुप नगरपालिका नगर प्रमुख ललनप्रसाद गुप्ता, प्रमुख जिल्ला अधिकारी किरण थापा  सामुदायिक बन महासंघ सप्तरी अध्यक्ष अशोककुमार चौधरी  फेकोफनका पूर्व जिल्ला नारायणप्रसाद आचर्यलगायतले शुभकामना मन्तव्य राखेका थिए।