धरान । धरान उपमहानगर स्तरीय  हाजिरी जवाफ प्रतियोगितामा धरान –६ स्थित एभरेष्ट चिल्ड्रन होम बोडिङ स्कुल प्रथम भएको छ । प्याब्सन धरान नगरले आज आयोजना गरेको उक्त प्रतियोगितामा १८  वटा स्कुललाई   उछिन्दै  एभरेष्टको बिद्यार्थी टिम प्रथम भएको हो ।

381196121_826759342460702_3001004594950668431_n

विजेता टिममा कक्षा १० का स्मृति लिम्बु,कक्षा ९ का विद्यार्थी निशान विश्वकर्मा र कृतिका प्याकेर सहभागि थए ।  उक्त प्रतियोगितामा धरान ६ कै शिक्षा सन्देश बोर्डिङ स्कुल दोश्रो हुनु सफल भयो भने तेश्रो स्थानमा विजयपुर बोर्डिङ स्कुल धरान भएको छ ।

381200302_640044437948441_535859795911648253_n

विजेता  पहिलो,दोश्रो र तेश्रो हुनेले सिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । नगर स्तरीय प्रतियोगिताबाट छनौट भएका टिमले आगामी असोज १२ गते इटहरीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि हुन पाउने छन् ।