धरान । पानबारी फुटबल क्लब धरानले यही असोज १५ गतेदेखि असोज २८ गते सम्म हुने अन्तराष्ट्रिय ७ औं मानेभञ्जाङ अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता  प्रतिष्पर्धा गर्ने भएको छ । 

उद्घाटनसत्रकै दिन दार्जिलिङमा हुने उक्त गोल्डकपमा पानबारी फुटबल क्लवले विएसके जल्पाइगुडी वेस्ट बंगालसँग प्रतिष्पर्धा गर्ने भएको हो । क्लबले थ्री स्टारका खेलाडी पुर्ण चेम्जोङको कप्तानीमा १२ जना खेलाडी उक्त प्रतियोगितामा लैजाने तयारी गरेको उपाध्यक्ष भुपाल राईले बताउनु भएको छ । खेलमा सहभागि भएर प्रतिष्पर्धात्मक अन्तराष्ट्रिय खेलमा जित्ने दाबीका साथ पोख्त खेलाडीहरुले लैजाने उपाध्यक्ष राईले बताउनु भयो । 

panbari1

उहाँका अनुसार खेलाडीहरुको टुङ्गो लागि सकेको छ । प्रतिष्पर्धामा उत्रनको लागि असोज १४ गते खेलाडी सहित टोली प्रस्थान गर्ने छ । नेपालका मछिन्द्र, थ्री स्टार, सङ्कटा सातदोबाटो  लगायत विदेशी खेलाडी सहित  खेलाडी पानवारीका तर्फबाट मैदानमा उत्रने भएको जनाइएको छ ।  उक्त खेलमा विजेता टिमले भारु ५ लाख रुपैयाँ र उप विजेताले भारु २ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा भारत र नेपाल गरि   १६ वटा  टीमले प्रतिष्पर्धा गर्दैछन् । 

त्यसका लागि पानबारी फुटबल क्लबले प्रतियोगितामा जानको निम्तिी अन्तक्रिया समेत गरेको छ ।  क्लवका अध्यक्ष मान बहादुर योञ्जनले अन्तराष्ट्रिय स्तरमा हुने फुटबल प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनु भनेको पानबारीको मात्रै नभएर सिंगो धरानकै शीर उचो हुने वताउनु भयो । उहाँले भन्नु भयो,‘धरानको इज्जत अझै उचो वनाउने छ,त्यसका लागि पानबारी फुटवल क्लव सम्पुर्ण तयारीमा जुटेको छ ।’